सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:५६
वासिङटन डिसी 16:11

नेपाली समाज टेक्ससको निर्बाचनमा कृष्ण लामिछानेको समुह भारीमत सहित बिजयी घोषणा

इनेप्लिज २०७२ पुष ६ गते १५:११ मा प्रकाशित

2

नेपाली समाज टेक्ससको नेतृत्व चयन लागि भएको निर्वाचनको परिणाम डिसेम्वर २१ तारीखका बिहान ४:१९ बजे धोषणा गरिएको छ । निर्वाचन समितिका अध्यक्षले निर्वाचनको परिणाम धोषणा गर्दै बिजयी सबैलाई वधाईका साथै सवैको सहयोगका लागि धन्यवाद दिनु भएको छ । भरखरै प्रप्त नतिजा अनुसार कृष्ण लामिछानेको समूहले प्रमुख पदहरु लगायत ६ सदस्यहरु मध्ये ५ स्थानमा बिजय हाँसिल गरेको छ । कुल २४४१ साधारण सदस्य रहेको यस संस्थामा १८९६ जना मतदाताले निर्वाचनमा भागलिएका थियो, जसमा कूल संख्याको ७७.६७% मत खसेको थियो । मतदानको परिणाम अनुसार कृष्ण लामीछानेले १०७१ ल्याई बिजय हुनु भएकोछ भने निकटतम प्रतिव्दन्दी बिजय भट्टराईले ७६४ भोट प्राप्त गरेकाछन ।

3

निर्वाचन समितिका अनुसार अन्य उम्मेदवारहरुको अन्तिम परिणाम अनुसार उपाध्यक्ष पदमा कमल सापकोटाले १०१४ मत ल्याई विजयी हुनुभएको छ भने प्रतिव्दन्दी चन्द्रमणी पाण्डेले ७५५ मत ल्याउनु भएको छ । यसै गरी महासचिवमा कमल सत्यालले ९१४ मत पाई बिजय हासिल गर्नु भएकोछ भने प्रतिव्दन्दी भानु खरेलले ८५९ भोट पाउनु भएकोछ। कोषाध्यक्ष पदमा दिवस थापाले ९५९ मतल्याई विजय हाँसिल गर्नु भएको छ भने प्रतिव्दन्दी कपिल अधिकारीले ८१९ भोट प्राप्त गरेकाछन्

1
यसै गरि सदस्य पदमा सन्तोस बिष्टले १०५५ मत, उज्जल सिंहले १००४ मत, सत्य थापाले ९३२ मत, सन्दिप जे. ढुंगानाले ९१६ मत, सुस्मा चापागाईले ९१३ मत र प्रेम प्रकास पाठकले ९१२ मत प्राप्त गरि बिजय हासिल गर्नु भएको छ ।

_BRN2189 copy
डेपुटी जनरल सेक्रेटरी, डेपुटी कोषाध्यक्ष, आई.टी. कोअर्डिनेटर, महिला कोअर्डिनेटर र यूवा तथा विधार्थी कोअर्डिनेटरमा क्रमस: सुमन कार्की, सुमन थापा, बिदुर श्रेष्ठ, निर्मला बादेश्रेष्ठ र जुबिन राजभण्डारी निर्विरोध निर्वाचित भएका छन I

_BRN2133 copy
NST को लागि सफलताको पडकोको रुपमा रहन यो निर्वाचनलाई अध्यक्षमा बिजेता कृष्ण लामीछानेले ऐतिहासिक अभ्यासको रुपमा लिएकाछन जो शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु हुने सम्पुर्ण मतदाता, स्वयम् सेवक, निर्वाचन समितिमा पदाधिकारी एवम् पत्रकारहरुलाई धन्यवादका साथै सहयोगकालागी कृतज्ञता ज्ञापन गर्नु भएकोछ । उनले निर्वाचनलाई आफुले प्रजातान्त्रिक अभ्यासको रुपमा लिएको र यसले संस्थाको विकासकालागि जडनको काम गर्ने बताउँदै सहकार्य र सहमतिमा विश्वास गर्ने हुँदा भावि दिनहरुमा सवैसाथीहरुलाई साथमा लगेर अगाडी बढ्ने प्रतिज्ञा गर्नु भयो ।

_BRN2084 copy
अध्यक्षका प्रतिव्दन्दी बिजय राज भट्टराईले निर्वाचनको परिणामलाई आफुले सहजताकासाथ लिएको र निर्वाचनको प्रकृयामा संलग्न सम्पुर्ण मतदाता, निर्वाचन समितिका पदाधिकारी एवम् पत्रकारहरुलाई धन्यवाद दिनु भएकोछ । साथै उनले नेपाली समाज टेक्ससको पदीय दायित्व घटेतापनि संस्थाको विकासको लागि भावि दिनहरुमा आफ्नो सहयोग निरन्तर रहने बताउनु भयो ।

_BRN2152 copy

प्रतिक्रिया