सवारी साधन कारबाहीमा पाँच लाख बढी राजस्व सङ्कलन

इनेप्लिज २०७२ पुष ६ गते ४:०७ मा प्रकाशित

Trafic-Policeतुलसीपुर (दाङ), ६ पुस । ट्राफिक प्रहरी कार्यालय, तुलसीपुरले यस आव सुरु भएदेखि हालसम्ममा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी सञ्चालन गर्नेहरुलाई कारबाही गर्दा रु पाँच लाख बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।

ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोख्रेलले दिनुभएको जानकारीअनुसार दुई हजारभन्दा बढी सवारी साधन ट्राफिक नियम विपरीत सञ्चालन हुँदा रु पाँच लाख ६३ हजार रकम सङ्कलन गरेको हो ।

यसरी ट्राफिक नियम उल्लङ्घन गर्नेहरुमा एक हजार तीनवटा मोटरसाइकल, ४६३ वटा जिप, ४४० वटा बस, २५० वटा ट्र्याक्टर र १०० ट्रक रहेका छन् ।

उहाँले सवारी चालक अनुमतिपत्र नबोक्ने, रोड परमिट सिद्धिए पनि नवीकरण नगराउने मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा अत्यधिक यात्रु बोक्नेलगायतलाई कारबाही गरिएको बताउनुभयो ।

प्रतिक्रिया