मरेको चराको मासु खानेको भिसेरा परीक्षण गरिने

इनेप्लिज २०७२ पुष ६ गते ३:५६ मा प्रकाशित

बैतडी, ६ पुस । बझाङमा मरेको चराको मासु खाँदा मृत्यु भएका दुई बालकको भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइने भएको छ ।

शनिबार बिहान मृत्यु भएका मौलाली– २ का रामलाल पार्कीका आठ वर्षीय छोरा मकर पार्की र पाँच वर्षीय छोरा करन पार्कीको भिसेरा परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – “भिसेरा परीक्षणपछि मात्र थाहा हुन्छ के भएर बालकहरुको मृत्यु भएको रहेछ ।”

यस्तै मरेकै चराको मासु खाएर बिरामी भएका अन्य चारजना मध्ये ३५ वर्र्षीया लक्ष्मी पार्की र १५ वर्षीया रमिला पार्कीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने १२ वर्षीया शर्मिला पार्की र दुई वर्षीया जगदीशा पार्कीलाई अस्पतालले आइतबार घर पठाएको छ ।

शुक्रबार बेलुका गाउँ नजिकै रहेको जङ्गलमा मृत भेटिएको चरा पोलेर खाँदा छजना बिरामी भएका थिए ।

प्रतिक्रिया