स्वर्णमहोत्सव तयारी पूरा

इनेप्लिज २०७२ पुष ६ गते १:३१ मा प्रकाशित

भद्रपुर, ६ पुस । नेपाल बार एसोसिएसन, झापा शाखा स्थापना भएको ५० वर्प पूरा भएको अवसरमा मनाउन लागिएको स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शाखाले आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दियो ।

झापा बार स्वर्णमहोत्सव वर्ष–२०७२ को जिल्लाभरि विविध कार्यक्रम गर्दै आएको महोत्सव पुस ७ गते सम्पन्न हुने र प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कार्यक्रमको उद्घाटनपश्चात् स्वर्ण महोत्सव वर्ष स्तम्भको अनावरण गरिने बताइयो ।
बारको स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा आमरुपमा संस्मरणात्मक लेखहरुलाई समेटी प्रकाशीत हुने स्मारिकाको लोकार्पण पनि हुने कार्यक्रम रहेको बारका अध्यक्ष गजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

लगभग रु ११ लाख खर्च हुने सो महोत्सवको सन्दर्भमा बारले झापा जिल्लामा ३५ वटा कानुनी शिविर सञ्चालन गरेको जसमा हजारौँ जनता लाभान्वित भएको बताइएको छ ।

यसैगरी झापा बारले आर्थिक रुपमा कमजोर व्यक्तिलाई कानुनी सेवा दिनुपर्ने अवस्थाका मानिसलाई गाविसको सिफारिसमा निःशुल्क सेवा दिइने पत्रकार भेटघाटमा अध्यक्ष आचार्यले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया