शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:३०
वासिङटन डिसी 11:45

बार्सिलोनाले जित्यो क्लब वर्ल्डकपको उपाधि

इनेप्लिज २०७२ पुष ५ गते १५:५६ मा प्रकाशित

Sunkali-650x488

काठमाडौं, ५ पुस । स्पेनिस क्लब बार्सिलोनाले यसवर्षको क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा बार्सिलोनाले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई ३–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । बार्सिलोनाका लागि लुइस स्वरजले दुई तथा लिओनल मेस्सीले एक गोल गरे । जितसँगै बार्सिलोना तेस्रो पटक क्लब वर्ल्डकप च्याम्पियन बनेको हो । यसअघि २००९ र ०११ मा पनि बार्सिलोनाले क्लब वर्ल्डकपको उपाधि जितेको थियो । जापानको योकोहामामा भएको खेलमा बार्सिलोनाले ३६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा स्वरेजले दुई गोल गरे । ४९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका स्वरेजले ६८ औं मिनेटमा दोस्रो गोल गरे । क्लब वर्ल्डकपको दुई खेलमा पाँच गोल गरेका उनले गोल्डन बल पाएका छन् ।

प्रतिक्रिया