पत्रकारिताले राष्ट्रियताका लागि खेलेको भूमिकाको राष्ट्रपतिबाट प्रशंसा

इनेप्लिज २०७२ पुष ५ गते ११:४२ मा प्रकाशित

bidhya-bhandariकाठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रेस चौतारी नेपालले आज बधाइ ज्ञापन गरेको छ ।

नयाँ संविधानपछिको र मुलुककै पहिलो राष्ट्रपतिमा निर्वाचित भएकामा चौतारीको नेतृत्वले आज राष्ट्रपति भवन, शीतल निवासमा पुगी बधाइ ज्ञापन दिएको हो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको टोलीको बधाइ ग्रहणपछि राष्ट्रपतिले नेपाली पत्रकारिताले मुलुकको समृद्धि र राष्ट्रियताका लागि निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको महासचिव माधव नेपालले जानकारी दिनुभयो ।

चौतारीको शनिबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा सहभागी सदस्य सहित पदाधिकारी राष्ट्रपति निवास पुगेका थिए ।

प्रतिक्रिया