मालपोत कार्यालय तोडफोड

इनेप्लिज २०७२ पुष ५ गते ११:३४ मा प्रकाशित

लहान, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले सिरहा सदरमुकामस्थित मालपोत कार्यालय तोडफोड गरेका छन् ।

मोर्चाले आह्वान गरेको बन्द उल्लङ्घन गरी मोटो रकम लिएर दलालमार्फत आन्तरिक रुपमा काम गरिरहेको भन्दै मोर्चा कार्यकर्ताले आज अपराह्न मालपोत कार्यालयको भुइँ तल्लाको दुई झ्यालको सिसा फुटाएका छन् । उनीहरुले कार्यालय परिसरमा पार्किङ गरिराखिएको कर्मचारीको को२१प ८१९६ नं को मोटरसाइकलमा पनि सामान्य तोडफोड गरेको छन् ।

मोर्चा कार्यकर्ताले बन्दमा मालपोत कार्यालयसँग सम्बन्धित लेखापढीको काम गरेको आरोप लगाउँदै कार्यालय परिसरमा राखिएका लेखापढी व्यवसायीका दुई कुर्सी र एउटा कुर्सीसमेत भाँचेका छन् ।

मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्सालले बन्दमा कार्यालयले गर्ने जग्गा रजिस्ट्रेसन, नामसारीलगायत कुनै पनि काम नभएको जिकिर गर्दै मोर्चाले आफूहरुमाथि कार्यालय सञ्चालन गरेको आरोप मात्र लगाएको बताउनुभयो ।

प्रतिक्रिया