शनिबार, साउन ९ २०७८
काठमाडौं ०६:२५
वासिङटन डिसी 20:40

मोटरसाइकल चालकको मृत्यु

इनेप्लिज २०७२ पुष ५ गते ११:३३ मा प्रकाशित

road-accident-deathसप्तरी, ५ मङ्सिर । राजविराज–रुपनी सडकखण्ड अन्तर्गत रायपुरस्थित पाँच किलोमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा
मोटरसाइकल चालक राजविराज–७ का रविलाल मेहतरको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार अन्य तीन जना घाइते भएका छन् । सिरहाबाट राजविराजतर्फ आउँदै गरेको स४प ९७८३ नंको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएको थियो ।

मोटरसाइकलको पछाडि सवार उनकै १८ वर्षीया श्रीमती रेखादेवी, एक वर्षीय छोरा भोला र पाँच वर्षीया छोरी गौरी घाइते भएको र तिनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया