एक सय ५० लिटर डिजेल नष्ट

इनेप्लिज २०७२ पुष ५ गते ३:५५ मा प्रकाशित

Captureगौशाला, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा १५० लिटर डिजेल नष्ट गरेका छन् ।

नाकाबन्दी र मधेस बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले जलेश्वर नगरपालिका वडा नं ६ स्थित परिक्रमा गाछीमा भारतको भिट्ठामोडबाट ल्याइएको सो परिमाणको डिजेल नष्ट गरेका हुन ।

बिहानै ५ बजेको समयमा भारतीय मोटरसाइकलमा बोकी ल्याइएको सो डिजेल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर भुइँमा पोखी आगो लगाई नष्ट गरेको मोर्चाका नेता लालबाबु यादवले बताउनुभयो ।

आक्रोशित मोर्चाका कार्यकर्ताले तस्करको मोटरसाइकलमा आगजनी गर्न खोजेका थिए । तर मोटरसाइकल चालकले पुनः पेट्रोलियम पदार्थ तस्करी नगर्ने र गरेको पाइएमा कारबाही गर्नु भनेपछि उनलाई मोटरसाइकलसहित छाडेको नेता यादवले बताउनुभयो ।

प्रतिक्रिया