सोनिया गान्धिको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो ?

इनेप्लिज २०७२ पुष ४ गते १७:१७ मा प्रकाशित

sanjok

भारतीय राजनीतिमा गान्धी परिवारलाई सधै उच्च सम्मान साथ हेरिन्छ । फोहोरी राजनीतिको खेलमा भारत विश्वको अंग्रपत्तिमा छ । तर, पनि कुनै दलले गान्धी परिवार माथि त्यस्तो अपमान गरेका छैनन् जुन मेरो देशको राष्ट्र प्रमुख विद्या भण्डारी माथि भयो । भारतमा छोटो समय प्रधानमन्त्री भएका राजीव गान्धिको मृत्यु पछि भारतीय जनताले सोनिया गान्धीलाई सधै सम्मान र आदर पूर्वक हेर्ने गरेका छन् ।

सन् १९८४ देखि १९८९ सम्म भारतको प्रधानमन्त्री भएका राजीव गान्धीको ४६ बर्षको युवा उमेरमा मृत्यु भएपछि गान्धी परिवारमा सोनिया गान्धीको उदय भयो । भारतीय राजनीतिमा फेरी गान्धी परिवारको खोजी भयो । इटालीमा जान्मीएको भएपनि राजीव गान्धीकी श्रीमतिको नाताले सोनियाको उदय भयो । उनी राजनीतिमा अब्बल सावित हुदै काग्रेंस आईकी अध्यक्ष सम्म चयन भइन् । राजनीतिमा आएपछि प्रधानमन्त्री हुने कयौ अबसर आएपनि उनले त्यसको लोभ गरिनन् । भारतको राजनीतिमा सोनिया गान्धीको उदारताको विपक्षी दलले पनि अहिले बर्णन गर्छन् । पतिको मृत्युपछि परिवार र भारतीय राजनीतिमा सोनियाले निभाएको कर्तब्यको उच्च सम्मान गर्छन, भारतीय जनताले ।

भारतको राजनीतिमा सोेनिया गान्धीका छोरा राहुल गान्धि र प्रियंका गान्धीको पनि राम्रो पकड छ । पछिल्लो समयमा कट्टर हिन्दूवादी भनिएका भारतीय जनता पार्टीले (बिजेपी) ठूलो परिमाणमा मत हासिल गरी विजय प्राप्त गरेपनि गान्धी परिवारलाई अपमानित हुने ढंगले काम गरेको छैन । भारतीय जनताले सोनिया गान्धिलाई संसारका शक्तिसाली महिलासंग तुलना गर्ने गर्दछन् ।
विश्वकै ठूलो जनसंख्या भएको देश भारतमा फरक राजनीतिक विचार भएका कयौं राजनीतिक पार्टी छन् । तर, कसैले पनि त्यस्तो धृडित र निकृष्ट काम गरेका छ्रैनन्, जुन किसिमको घटना नेपालका राष्ट्र प्रमुख विद्या भण्डारी माथि भयो । ढुड्गे यूगमा महिला माथि हुने धेरै हिंसाका घटना भन्दा पनि २१ औं शताब्दीमा नेपालमा भएको यो घटना बर्बर छ ।

‘जनकपुरको जानकी मन्दिरमा राष्ट्रति विद्या भण्डारीको प्रवेशपछि मन्दिर अशुद्ध भयो भनेर जल छर्कियो’, यो समाचार सुन्नु र पढ्नु भन्दा केही अगाडि म टाईम्स म्यागेजिनमा ‘पर्सन अफ द एयर २०१५’ घोषित जर्मन चान्सर एन्जीला मार्करको सम्बन्धमा पढ्दै थिए । मार्करसंगै मेरो देशको महिला राष्ट्रपतिको तुलना गर्दै थिए । त्यसपछि सिएनएन खोलेर हेर्दै थिए, त्यहा पनि अमेरिकी राष्ट्रपति दौडमा रहेकी हिलारी क्लीन्टनको नै चर्चा छ । जताततै महिला कै चर्चा छ । विश्वमा नै महिला सक्तिशाली भइरहेको अबस्थामा मलाई पनि मेरो देशमा राष्ट्रपति महिला भएकोमा निकै गर्वको महसुस भइरहेको थियो, त्यो समय ।

विद्या भण्डारी राष्ट्रपति भएपछि विश्वका प्रमुख समाचार संस्था बिबिसी, सिएनएनलगायतले प्रमुखताका साथ समाचार सम्प्रेषण गरे । नेपालका पहिला महिला राष्ट्रपति भएकोमा हामी नेपालीलाई मात्र हैन विश्वका महिलाले गर्बको महसुस गरिरहेका थिए । तर, एक्कासी नेपालको समाचार हेरेपछि मन निकै दुःखीत भयो । जानकी मन्दिरमा विद्या भण्डारी माथि भएको घटनाले म आफैलाई नेपाली भन्न पनि लाज लाग्ला जस्तो पो भएर आयो । समाचार खोलेको एक पलमा नै ‘जानकी मन्दिरमा विद्या भण्डारीको प्रवेशले मन्दिर अछुतो भयो, ’ भन्ने समाचारले मन कुडियो ।

मघेसी मूलबाट राष्ट्रपति डा. रामवरण यादव पनि विदूर नै हुन् । यादव कयौं पटक मन्दिर गए त्यस्तो घटना सुन्नु परेन । अहिलेको यो घटना २१ औं शताब्दिका नेपालीको सोच हुनै सक्दैन जस्तो पनि लाग्यो । अनलाईन समाचारका न्युज विश्वास नलागेर केही च्यानल पनि हेरे । आखिर कुरा त्यही रहेछ । यस्तो धृणित काम त एलियन पनि गर्न सक्दैनन् होला, भन्ने लाग्यो । यो घटनालाई पशुसंग पनि तुलना गर्न सकिन । किन भने अमेरिकामा पशुलाई पनि सम्मानपूर्वक हेरिन्छ । यो घटनाले पशुको पनि अपमान हुन्छ जस्तो लाग्यो ।

महिला आरक्षण, महिलाका हक र अधिकारमा सधै अगाडि रहेको नेपालमा किन यस्तो घटना भयो ? अझ हामीले महिलालाई विदूवा पनि हैन एक महिला भन्न रुचाउछौं । महिलालाई गरिमामय पदमा पुर्याउछौ । अनि महिलाकै अपमान गछौं । यो कुनै पनि हालमा हाम्रो सस्कृति हुनै सक्दैन । नेपालको केही राजनीति दलले महिलामा माथि देखाएको सादासयताको त्यो सम्पूर्ण ‘क्रेडिट’ अहिलको यो घटनाले गुमेको छ ।

महिला एउटा देवी पनि हो । आमा पनि हो । सरस्वती र लक्ष्मी पनि महिला नै हो । विद्याकी देवी र नेपाल आमा यस्तो अपमान कसरी भयो ? यो घटनाले मेरो मन मात्र हैन, धेरै नेपालीको मन दुःखको छ । घटनामा दोषिलाई हदैसम्मको कडा कारवाही गर्नेमा सरकार किन उदासिनता छ ? प्रवासमा रहदा यस्ता धेरै प्रश्नहरु उब्जिएको छ । किन भने मेरो आमा पनि एकल नै हुनुहुन्छ । त्यसैले पनि यो समाचारले मेरो मन धेरै बिझायो । मेरो मात्र हैन, होला आफ्नो आमा, दिदी, बहिनीलाई माया गर्ने हरेकको मन दुखेको छ । विश्वको सक्तिसाली महिलाको सूचीमा राखेर विद्या भण्डारीलाई सम्मान गर्नु पर्नेमा यस्तो चरित्र देखाएर हामीले आफ्नै अपमान गरेका छौं । ‘आकासमा थुक्यो भने आफ्नै मुखमा पर्छ’,सबै नेपालीलाई चेतना होस् ।

जय देश । जय नेपाल ।

प्रतिक्रिया