सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:३६
वासिङटन डिसी 15:51

पाकिस्तानी सेनाद्वारा २३ शङ्कास्पद विद्रोही लडाकू मारिए

इनेप्लिज २०७२ पुष ४ गते ३:२५ मा प्रकाशित

operation-zarb-e-azb-1404714642-2163

इस्लामबाद (पाकिस्तान), ४ पुस । पाकिस्तानको सेनाले आफगानिस्ताको सिमाना नजिकै गरेको सुरक्षा कारबाहीमा २३ जना ‘आतङ्ककारी’ लडाकूको मृत्यु भएको यहाँको सेनाले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी सेनाले बिहानै गरिएको हवाइ आक्रमणमा २३ जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी वाजिरिस्तानको सावल उपत्यका र खाइबर आदिवासीको बसोबास रहेको क्षेत्रमा भएको आक्रमणमा १० जना लडाकू घाइते भएको बताइएको छ ।

सेनाले आतङ्ककारीद्वारा प्रयोग गर्दै आएका विभिन्न छवटा आश्रयस्थललाई ध्वस्त गरिदिएको समेत वक्तव्यमा जनाएको छ ।

सेनाद्वारा यसबारे थप विवरण उपलब्ध गराइएको छैन ।

सेनाले कारबाही सञ्चालन गरिएको भनिएको इलाकामा सञ्चारकर्मीलाई समेत प्रवेश नदिइएकाले घटनाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

पाकिस्तानले अलकायदालगायतका आतङ्ककारी समूहका लडाकूलाई लक्षित गरी वाजिरिस्तान क्षेत्रमा सुरक्षा कारबाही सञ्चालन गर्र्दै आएको छ ।

प्रतिक्रिया