पहिलो चौमासिकमा ६८ जनालाई अपाङ्गता परिचयपत्र वितरण

इनेप्लिज २०७२ पुष ४ गते ३:०८ मा प्रकाशित

बैतडी, ४ पुस । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीले चालु आवको पहिलो चौमासिकमा ६८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

जसमध्ये क वर्गको सात जना, ख वर्गको २४ जना, ग वर्गको २२ जना र घ वर्गको १५ जनालाई परिचयपत्र वितरण गरिएको निमित्त महिला विकास अधिकृत बिना भण्डारीले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म सात हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेका भए पनि चार हजार २०० ले मात्रै परिचयपत्र लिएका छन् । अपाङ्गता परिचयपत्र लिन बाँकी रहेका व्यक्ति सरकारले प्रदान गर्ने सुविधाबाट समेत वञ्चित रहेका छन् ।

नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र, सम्बन्धित गाविस वा नगरपालिकाको सिफारिस, चिकित्सकले जाँच गरेको कागज र रु १० को टिकट टाँसेको निवेदन अपाङ्ग परिचय बनाउनका लागि आवश्यक रहेको निमित्त अधिकृत भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया