पाँच साहित्यकार सम्मानित

इनेप्लिज २०७२ पुष ४ गते ३:०६ मा प्रकाशित

दाङ, ४ पुस । प्रगतिशील लेखक सङ्घ दाङले आफ्नो २३औँ स्थापना दिवसमा प्रगतिवादी लेखनबाट सामाजिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै विभिन्न साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।

सङ्घद्वारा शुक्रबार दाङको घोराहीमा आयोजित कार्यक्रममा यस वर्षको प्रगतिशील साहित्य पुरस्कार केशव थापालाई, चिन्तामणि जमुना साहित्य पुरस्कार शशिधर भण्डारीलाई, अनन्त टीका प्रतिभा पुरस्कार महेन्द्र महकलाई र गोविन्द चिस सर्जक पुरस्कार वसन्त विवश आचार्यलाई प्रदान गरिएको छ । यस्तै प्रगतिशील लेखक सङ्घ सम्मानबाट भक्तिराम ज्ञवालीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया