‘मोफसलमा सोचेअनुसार सञ्चार क्षेत्रको विकास हुन नसकेको’

इनेप्लिज २०७२ पुष ४ गते ३:०५ मा प्रकाशित

परासी, ४ पुस । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले केन्द्रमा मात्र सञ्चार क्षेत्रको विकास भएको तर मोफसलमा भने सोचेअनुसार त्यसको विकास हुन नसकेको बताउनुभएको छ ।

नवलपरासीको कावासोतीबाट सञ्चालनमा आएको समथ्र्य अनलाइन डक कमको शुक्रबार उद्घाटन गर्दै उहाँले केही वर्षयता सञ्चार क्षेत्रको सङ्ख्यात्मक वृद्धि भए पनि गुणस्तरीयतामा भने कमी आएको बताउनुभयो ।
अहिले अनलाइन पत्रिकाको भविश्य उज्ज्वल रहेको भन्दै अध्यक्ष कार्कीले त्यसलाई कानुन बनाई उनीहरुलाई समेत मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले अब केन्द्र केन्द्रित पत्रकारिताभन्दा पनि मोफसल केन्द्रित पत्रकारिताको सुरुवात गर्नुपर्ने सुझाव दिँदै मोफसलमा रहेका पत्रकार र सञ्चारगृहको क्षमता अभिवृद्धि गर्न काउन्सिल लागिपर्ने बताउनुभयो ।
अध्यक्ष कार्कीले प्रेस काउन्सिलले पीडित पत्रकारिता गर्नेलाई निरुत्साही र राम्रो गर्नेलाई उत्साही बनाउने रणनीति लिएको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले केन्द्रदेखि बाहिर रहेका पत्रकारलाई सहयोग गर्न आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

प्रतिक्रिया