घिमिरेलाई राष्ट्रिय विभूति साहित्यिक पुरस्कार दिने निर्णय

इनेप्लिज २०७२ पुष ४ गते ३:०४ मा प्रकाशित

विराटनगर, ४ पुस । लक्ष्मीदेवी गुभाजू स्मृति प्रतिष्ठान विराटनगरले विसं २०७२ को राष्ट्रिय विभूति साहित्यिक प्रतिभा पुरस्कार ओमकुमार शर्मा घिमिरे, उहाँकी माता लक्ष्मीदेवी, श्रीमती दुर्गाकुमारीलाई दिने निर्णय गरेको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले विसं २०१२ देखि शिक्षा क्षेत्रमा योगदान गरेबापत उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका संस्थापक अध्यक्ष कविमान वज्राचार्यले जानकारी गराउनुभयो ।

उक्त पुरस्कार पाउने महानुभावको आमा र श्रीमतीलाई पनि दिने प्रतिष्ठानको नियमअनुसार उहाँकी आमा र श्रीमतीलाई पनि पुरस्कार प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको र सो पुरस्कार आगामी वसन्त पञ्चमीका दिन प्रदान गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया