सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का महसुस

इनेप्लिज २०७२ पुष ४ गते ३:०१ मा प्रकाशित

vukampaबैतडी, ४ पुस । पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो ।

उहाँका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ ।

प्रतिक्रिया