शनिबार, साउन १६ २०७८
काठमाडौं ०१:०३
वासिङटन डिसी 15:18

Mt. Everest Restaurant, बाल्टिमोरमा नेपाली चलचित्र “धौली” प्रदर्शन हुने

इनेप्लिज २०७२ पुष ३ गते १८:२९ मा प्रकाशित
image

अमेरिकाको बाल्टिमोर शहरमा

यही डिसेम्बर २० तारिख आईतबार नेपाली चलचित्र धौली प्रदर्शन हुने भएको छ l 
 
बाल्टिमोरमा नेपाली कार्यक्रमहरु हुने गर्ने ठुलो हल भएको Mt. Everest रेस्टुरेन्टमा २० तारिख आईतबार बेलुकी पहिलो शो साढे पांच बजे देखी साढे सात बजे सम्म र
दोश्रो शो आठ बजे देखी रातीको दश बजे सम्म प्रदर्शन हुने कुरा 
कार्यक्रमका संयोजक कुल प्रसाद गुरुङले डिसी नेपाल डटकम / eNeplse लाई बताए l 
तमु सोशाईटी अफ ग्रेटर वाशिंगटनका निबर्तमान अध्यक्ष श्री कुल प्रसाद गुरुङका अनुसार 
चलचित्र प्रदर्शनबाट ऊठेको रकम भुकम्पले क्षती पुर्याएको मिजुरे डांडा गाबिसको श्री प्रभात नि. मा. बि. 
को पुर्नार्निमाणमा सहयोग गरिने छ l क्रिश्मस र नयाँबर्षको अवसरमा आयोजना गरिएकोले,
चलचित्र प्रदर्शन सकिएपछी डि. जे. को नाचगान पनी गरिने छ.
 
चलचित्र प्रदर्शन हुने ठेगाना
7927 Belair Road,
Baltimore, MD 21236

( Mt. Everest Restaurant )

Date: 20 December, Sunday
5.30 PM and 8.00 PM 
 

प्रतिक्रिया