सोमबार, साउन १८ २०७८
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली तथा भूटानीहरुको लागि खुसीको खबर

इनेप्लिज २०७२ पुष ३ गते ०:५४ मा प्रकाशित

IMG_5714

अमेरिकामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली तथा भूटानीहरुको लागि
ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्रमा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग”

IMG_5713
र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यही कै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका साथ प्रकाशन गर्न सफल भएका छौँ । अमेरिका र क्यानडामा बस्ने नेपालीहरुको समयको माग अनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा गर्न लायक छ । ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र” ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organisation) संस्था हो ।

IMG_5711

अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त हुनेछौं। नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् हुनेछ भन्ने कुरामा दुई मत छैन । यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धान मूलक काम को लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि आठ र क्यालेन्डरको लागि पॉच डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले त्यो भन्दा बढी पनि गर्न सक्नुहुनेछ । लेखन तथा सम्पादनमा केही कमी कमज़ोरी भएमा जानकारी तथा प्रतिकृया जनाउनु होला, अर्को वर्ष हामी सुधार गर्नेछौं । आफ्नो साथिभाई इस्टमित्रलाई पनि यसको बारेमा जानकारी दिनुहोला ।

IMG_5578

पञ्चाङ्गको बारेमा कुरा गर्नु पर्दा यसभित्र नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ ।

जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदाहरुको बारेमा पनि सुचिकृत गरिएको छ ।
त्यस्तै क्यालेन्डरमा पनि सम्पूर्ण कुराहरुलाई समेट्ने प्रयास गरेका छौँ । जनवरीदेखि डिसेम्बरसम्म पर्ने चाडपर्व तथा ब्रतहरु र नेपाली साहित्यकार र नेपाली वर्णमालाको बारेमा संक्षिप्त जानकारी दिइएको छ, जसले गर्दा तपाई हाम्रा बच्चाहरुलाई नेपाली भाषाको ज्ञान वृद्धि गराउन सघाऊ पुग्नेछ । यो क्यालेन्डर तथा पञ्चाङ्ग प्राप्त गर्नका लागि तल दिईएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । हामी तपाईलाई हुलाकमार्फत तपाइकै घरमा पठाउने छौँ । धन्यवाद
सम्पर्क : ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र तथा हिन्दु कल्चरल सेन्टर
सम्पर्क व्यक्ति : राजेन्द्र खनाल
703-870-6480 or [email protected]
लक्ष्मीनारायण ढकाल
(502) 835-3987 or [email protected]

प्रतिक्रिया