बिहीबार, साउन १४ २०७८
काठमाडौं ०३:१५
वासिङटन डिसी 17:30

होस्टनका विद्यालयलाई आक्रमणको धम्की

इनेप्लिज २०७२ पुष २ गते १४:५२ मा प्रकाशित

ishor-Pokhrel

होस्टन, २ पुस । अमेरिकाको टेक्सास राज्यमा रहेको होस्टन नगरका विद्यालयमा आतङ्ककारी हमालको धम्की दिइएको समाचारमा जनाइएको छ ।

सो धम्कीपछि उक्त नगरमा रहेका ती विद्यालयमा सुुरक्षाको कडा प्रबन्ध गरिएको बताइएको छ । अमेरिकाको यस क्षेत्रका सबै सरकारी विद्यालयमा नै यस्तो धम्की आएको समाचारमा जनाइएको छ ।

जनाइएअनुसार सो नगरका विद्यालयमा त्यस्तो हमला हुनसक्ने भनी गएराति इमेल गरिएको थियो । सो इमेल प्राप्त भएपछि नै विद्यालय क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको थियो ।

होस्टन जिल्लाका सबैजसो विद्यालयलाई लक्ष्यगरी सुरक्षा प्रबन्ध गर्न आग्रह गरिएको जिल्ला सुरक्षा निकायले जनाएको हो ।

यस्तो धम्कीको बारेमा अभिभावकहरुमा पनि जानकारी गराइएको शिक्षक अधिकारीहरुले जानकारी दिएका छन् ।

तर सो जिल्लाका सरकारी विद्यालयहरुको संस्थाका अधिकारीहरुले भने यस्तो धम्कीको विश्वसनीयता नरहेको जनाएका छन् ।

उक्त जिल्लाका सबै सरकारी विद्यालयका लागि बिहीबार थप सुरक्षा अधिकारीहरुको व्यवस्था गरिएको पनि सो समाचारमा जानकारी गराइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया