शनिबार, साउन ९ २०७८
काठमाडौं ०८:०४
वासिङटन डिसी 22:19

२६ जना कतारी शिकारीको अपहरण

इनेप्लिज २०७२ पुष २ गते १:२२ मा प्रकाशित

बग्दाद (इराक), २ पुस । एक जना अज्ञात बन्दुकधारीले कम्तिमा २६ जना कतारी शिकारीलाई अपहरण गरेको प्राप्त समाचारमा जनाइएको छ ।

समावाह प्रान्तीय परिषद्का सदस्य अहमद मान्फीले एसोसिएटेड प्रेस (एपी) लाई दिएको जानकारी अनुसार बुधबार बिहानै मरुभूमि क्षेत्रको विकट इलाकामा शिकारीहरुको शिविरमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

समातिएका मानिसहरुको एकिन सङ्ख्या थाहा हुन नसके पनि १९ देखि २६ जना कतारी नागरिक अपहरणमा परेको मान्फीले बताउनुभयो ।

अपहृत भएकामध्ये दुई जना इराकी गुप्तचर अधिकारी पनि भएको तर उनीहरु पछि रिहा भएको मान्फीले जानकारी दिनुभयो ।

समावाह युफ्रेट्स नदीको किनारमा अवस्थित इराकको राजधानी बग्दादबाट ३७० किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाका हो ।

प्रतिक्रिया