सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध: मन्त्री यादव

इनेप्लिज २०७२ पुष १ गते १२:४४ मा प्रकाशित

सुरुङ्गा (झापा), १ पुस । सिँचाइमन्त्री उमेश यादवले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज झापाको शिवसताक्षी नगरपालिकामा रहेको कनकाई सिँचाइ आयोजनाको स्थलगत अवलोकन गर्दै उहाँले सरकारले स्थानीय स्रोत साधनको भरपुर उपयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
मन्त्री यादवले आजै शिवसताक्षी नगरपालिकाकै कनकाई नदीमा सञ्चालित जनताको तटबन्ध कार्यक्रम र झिलझिलेमा पर्ने सतासी खोलाको नदी कटान क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभयो ।

प्रतिक्रिया