बलात्कारीलाई १० वर्ष कैद

इनेप्लिज २०७२ पुष १ गते १२:१६ मा प्रकाशित

rapeइलाम, १ पुस । सुस्त मनस्थितिकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत इलामले आज १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जिर्मले–८ का ६२ वर्षीय माइला भनिने वीरबहादुर तामाङलाई १० वर्ष कैद र पीडित महिलालाई २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

घरमा कोही नभएको मौकाछोपी गत भदौ ३ गते तामाङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अपाङ्ग महिलालाई बलात्कार गरेको भन्दै तामाङविरूद्ध जिल्ला प्रहरी कार्यालयले भदौ २७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया