शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:२१
वासिङटन डिसी 03:36

इँटाभट्टा दुर्घटनाका मृतक परिवारलाई किरियाखर्च उपलब्ध गराइने

इनेप्लिज २०७२ पुष १ गते १२:१३ मा प्रकाशित

इटहरी, १ पुस । तीन दिनअघि सुनसरीको इटहरी उपमहानगरपालिका–१६ स्थित एकम्बामा रहेको न्यू जय नेपाल इँटाभट्टाको चिम्नि विष्फोटमा परेर मृत्यु भएका आठजना कामदार मजदूरका आफन्तलाई प्रतिव्यक्ति रु २४ हजारका दरले किरियाखर्च उपलब्ध गराइने भएको छ ।

सो घटनामा परेर जीवन गुमाएका परिवारलाई सो रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले इँटाभट्टाका सञ्चालक विनोद अग्रवाललाई आदेश दिइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिनुभयो ।

यसैगरी घटनामा परी घाइते भएकाको उपचार खर्च पनि अग्रवालले नै व्यहोर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज कोसी इँटा व्यवसायी सङ्घ, भट्टा सञ्चालक र प्रशासनबीच भएको छलफलपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

सो घटनामा परी घाइते भएका १७ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया