शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:२४
वासिङटन डिसी 05:39

विजयराज भट्टराईका ” सात-स”

इनेप्लिज २०७२ पुष १ गते ६:३७ मा प्रकाशित

12359901_10154451397727796_1916196249732680713_n

हिजो नेपाली समाज टेक्सासमा उमेद्वारहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष्यका प्रत्यासी विजयराज भट्टराईले सात ‘स’ को कुरा गर्नुभएको थियो | यी सात ‘स’ के के रछन भन्ने जिज्ञासा लागेर वहां संगको कुराकानी पश्चात म अत्यन्त प्रभावित भए वहांको सात ‘स’ को अवधारण वाट | विजयजीका शब्दमा वहाँले प्रस्तुत गर्नु भएको सात ‘स’ को अवधारणा निम्न बमोजिम रहेका छन् :

१. संस्थागत सुशाशन:
NST सदैव एउटा संस्थागत सुशाशन अन्तर्गत चल्ने विशुद्ध सामाजिक संस्था हुनेछ | संस्था सदैव आफ्नो उदेश्य अनुरुप प्रवासी नेपालीको हितमा लाग्ने छ |

२. सक्रिय समन्वय:
NST मा आउने सबै आप्रवासी नेपालीको समस्या निराकरण हेतु संस्थाले जुनसुकै कुराका लागि पनि यहाँ रहेका सम्पुर्न सामाजिक सन्स्था एवं जोसुकै संग भएपनि सक्रिय समन्वय गर्नेछ |

३. स्वावलम्बी समाज:
संस्थाको आम्दानीको स्रोत बढाएर आर्थिक रुपमा स्वलाम्बी बनाउने कामहरु हुनेछन | संस्था आर्थिकरुपमा सबल भएको खण्डमा आपत विपत मा सांस्थाकै तर्फबाट सहयोग गर्न सकिनेछ |

४. शिक्षा एवं सुविचार:
संस्थाद्वारा संचालित स्कुललाइ विस्तार गरि बालबालिका बाहेक अरु वर्गहरु पनि समेटिनेछ | नेपाली तथा हाम्रा सन्स्कृती सङ जोडिएको नैतिक शिक्षा का विभिन्न ज्ञानमुलक कार्यक्रम हरु संचालन गरिनेछन |

५, संस्कार एवं संस्कृति:
संस्थाले नेपाली संस्कार एवं नेपाली संस्कृति प्रबर्धनका लागि वार्षिक रुपमा समय मिल्ने गरि विभिन्न कार्यक्रमहरु ल्याउने छ |

६. संदेश एवं सुसुचित:
बेला बेलामा जान्नु पर्ने विभिन्न कुराहरु विभिन्न मध्यम मार्फत जानकारी गराएर संस्थाले आप्रवासी नेपालीहरु लाइ सुसुचित गराउने छ |

७. सुमार्ग एवं समुन्नति:
सेवा भावना अनुरुप स्थापित सामाज मूल्य मान्यता अनुरुप सदैव असल मार्गमा अघि बढी सबैको सम्मुनति मा लाग्ने छ .

कति राम्रा छन् विजयजी का सात ‘स’ का अवधारणा, NST लाइ वास्तवमै यसै अनुरुप चलाउने सक्ने नेतृत्वको जरुरुत छ | मलाई त विजयजी का सात ‘स’ असाध्य चित्त बुझ्दो लागे | NST का सबै सदस्यहरुलाइ म अनुरोध गर्न चाहन्छु एक चोटी तपाईंहरु पनि सात ‘स’ लाई मनन गर्नुहोस अनि सोचेर सम्झेर सक्षम व्यक्तिलाई अध्यक्ष मा चयन गर्नुहोला |

1445441671_1445043342_edit phot

प्रतिक्रिया