भूकम्पले क्षतिग्रस्त ६ वटा विद्यालय भवन निर्माण

इनेप्लिज २०७२ पुष १ गते ३:१८ मा प्रकाशित

चौतारा, १ पुस । गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकको ६ वटा विद्यालय भवनको निर्माण सम्पन्न भएको छ ।

आनन्द उमावि जलविरे, पञ्चकन्या प्रावि हगाम र दक्षिणकाली मावि बतासेको पाँच–पाँचकोठे भवन रु १३ लाख ५० हजारको लागतमा स्टिल ट्रस्ट राखी सगरमाथा हेल्थ फाउन्डेसनले निर्माण गरेको हो ।

सुनकोसी–इन्द्रावती समाजका अध्यक्ष भूपेन्द्रबहादुर थापाको समन्वयमा वरिष्ठ पत्रकार हरिहर विरहीमार्फत प्राप्त सहयोगबाट साँगाचोक गाविसको जनज्योति निमावि, सोही गाविसको पोखरे प्रावि र जनज्योति प्रावि भवनसमेत निर्माण सम्पन्न भएको छ ।
सो संस्थाले बाह्रबिसेस्थित महाकाली प्रावि, घुम्थाङ गाविसको सरस्वती मावि र हगाम गाविसस्थित जुगल निमावि भवन बनाउन सम्झौता भएको समाजका अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया