नाकाबन्दी चाँडै हट्ने अर्थमन्त्रीको विश्वास

इनेप्लिज २०७२ मंसिर २९ गते ११:३१ मा प्रकाशित

bishnu-paudelकाठमाडौँ, २९ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्प, लामो समयदेखि तराईमा जारी बन्द एवम् भारतको अघोषित नाकाबन्दीका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा भेट गर्दै उहाँले विद्यमान समस्याको समाधानका लागि राजनीतिक एवम् कुटनीतिकरुपमा पहल जारी राखिएकाले छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक संरचना तयार गर्न सकिएको छैन, बन्द र नाकाबन्दीका कारण अर्थतन्त्र ठप्प भएको छ, त्यसको दीर्घकालिन असर पर्ने अवस्था छ ।”

नयाँ संविधान जारीसँगै राजनीतिक विवादका विषय हल हुँदै गएको बताउँदै उहाँले अबको बाटो समृद्धिको भएकाले त्यसका लागि सबै शक्तिको प्रयोग गर्नुपर्ने अवस्था आइपरेको बताउनुभयो ।

पत्रकार महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द चौलागाइँको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारले पत्रपत्रिकालाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनका लागि अपुग रहेको रु पाँच करोड ११ लाख १२९ रकम उपलब्ध गराइदिन अनुरोध गरेको थियो । महासङ्घका सचिव रामकृष्ण अधिकारीका अनुसार इन्धन सङ्कटका कारण रेडियोप्रसारणमा अप्ठ्यारो परेकाले समस्या समाधानका लागि सहयोग गर्न अर्थमन्त्री समक्ष आग्रह गरिएको थियो ।

भोलिदेखि नै रेडियो प्रसारण गर्ने संस्थाले समय कटौती गर्नुपर्ने अवस्था आएकाले आपूmहरुले तत्काल समस्यामा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले नाकाबन्दीका कारण पत्रपत्रिकाले पृष्ठ घटाउनुपर्ने अवस्था भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया