शव वाहन खरिद

इनेप्लिज २०७२ मंसिर २९ गते ११:२७ मा प्रकाशित

सुरुङ्गा (झापा), २९ मङ्सिर । झापाली समाज कुवेत र नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले शव वाहन खरिद गरेका छन् ।

सामाजिक सेवाका लागि मेची अञ्चलमा नै पहिलो पटक रु आठ लाख ७६ हजार ३८० को लागतमा शव वाहन खरिद गरिएको झापाली समाज कुवेतका महासचिव गोविन्दप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । रामनवमीबाट त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ । शव वाहन सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहका सभापति केदार ताजपुरियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको बताइएको छ ।

प्रतिक्रिया