अघोषित नाकाबन्दी विरुद्ध कन्सर्न नेपाल क्यानाडाको बुद्धिजीवि बैठक सम्पन्न

इनेप्लिज २०७२ मंसिर २९ गते ८:०५ मा प्रकाशित

AIbEiAIAAABDCKCYzNbuvcWaByILdmNhcmRfcGhvdG8qKGRhNjlkN2YxNjM4MDQ3ZjM2YWI0YjVmZWFlOTA3ODA3YjliMjMzZDgwAQs5H8ml__yvvpIxLWYeOWeeqdJC

नेपाली जनताले नयाँ संविधान पाएको एकसाता नसबत्दै विदेशीको अधिकार प्रत्यारोपणको नाममा नेपालमा अघोषित नाकाबन्दी शुरु भयो । नेपाली जनताले भारतको नाकाबन्दीको मारमा परेर खप्नु परेको दुखलाई दिनमा गनेर बस्ने बाहेकका अरु कुनै काम नेपाल सरकारबाट भएको छैन । सरकार सत्ताको भागवण्डामा लिप्त भएर जनताहरुले पाउदै गएको दुखको ताण्डव नित्य हेरेर रमाउनमानै मक्ख छन् । एउटा उपप्रधानमन्त्री थापा वार्ताका लागि समाचारमा प्रोपोगण्डा गर्दैमा व्यस्त छन् भने अर्को उपप्रधानमन्त्री गच्छेदार नाकाबन्दीको पक्षमा मित्रहरुलाई भारतको वफादारीका लागि खटाई रहेका छन् । नेपाल सरकार र नेपाली राजनैतिक दलका नेताहरु वार्ताको सकारात्कम पक्ष खोज्न नै चाहदैनन् । आफ्नो देशको समस्याको समाधान खोज्न विदेशी सरकारको शरणमा जाने नेतालाई के भन्ने । अर्कोतिर लगभग दर्जनवटा विभिन्न नाममा संचलानल भई रहेको विशाल टोरोन्टोका संस्थाहरुका प्रतिनिधिहरुको नै अनिकाल देखिएको थियो । राष्ट्रको लागि एकजुट हुने दिनमा पनि हामी बाडिएर बसेको छौं भने अर्कोतिर अन्तक्र्रिया कार्यक्रम भन्दा प्रदर्शनीमा झण्डा बोकेर सेल्फी लिनेहरुमात्र देखिए

भारत सरकारले बिनाकारण नाकाबन्दी किन गर्यो ? क्यानाडाको कन्सर्न नेपाल नामक संस्थाले गत आईतबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यही प्रश्नमाथि वक्ताहरु केन्द्रित भएका थिए । एउटा सकारात्मक र सही सोचका साथ सम्पन्न अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा आयोजित भारतको नाकाबन्दीका विरुद्धको अन्तक्रिया कार्यक्रममा उपस्थित ल्यचतज ९ब्mभचष्अबल च्बतष्यलबष्कित क्यअष्भतथ० का बलविन्दर बर्नालाले भारतका जनता एकातिर र सरकार अर्कोतिर उभिएको यो नाकाबन्दी राजनीति प्रतिशोधको नमुनामात्र नभएर ठुलोले सानोलाई हेप्ने प्रवृतिको नमूना हो । एचयनचभककष्खभ एबपष्कतबलष् ऋबलबमष्बल तथा पत्रकार फौजिया तन्वीरले पाकिस्तान र अफगानिस्तानको उदाहरण दिदै यसलाई अमानवीयताको पराकाष्ठाको नमूना भनेकी छिन् । ध्यचमि एभबअभ अयगलअष् िका सदस्य डेभ मेककीले भने यदी अमेरिकाले क्यानाडाको लागि संविधान बनायो भने वा क्यानाडाको संविधानमा अमेरिकाको कुरा आएन भनेर विरोध गर्यो भने हामी क्यानाडावासी के गर्ने । अहिले नेपाली जनताको अवस्था त्यस्तै छ । यो नाकाबन्दीले आतंकारी प्रवृतिको नमूना बन्दै गएको छ । यसलाई अन्तर्राष्ट्रिय स्तरबाटै विरोध गर्नु पर्ने भन्नु भउको थियो । क्यानेडियन संसदका पूर्व सांसद बोब डेचर्टले क्यानाडा सरकारले जसरी भुईचालोको बेला नेपाललाई सहयोग गरेको थियो त्यसरीनै अलिहे पनि सहयोग गर्नु पर्ने र यस कार्यकार्यका लािग आफ्नो दलले सहयोग गर्ने जानकारी गराउनु भयो । नेपालका भूतपूर्व मन्त्री कमल चौलागाईले यसलाई भारतको ज्यादती भन्दै यसका लागि अन्तर्राष्ट्रिय समूहबाट भएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो । यसले विश्वभरी छरिएर बसेका नेपालीहरुलाई राष्ट्रप्रतिको दायित्व पुरा गर्न यस्तो प्रकारको कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय समुदायको ध्यानाकषर्ण गराएको बताउनु भयो ।

सुवास दुतराजको संयोजकत्वमा आयोजना भएको यस अन्तक्र्रिया कार्यक्रममा संस्थाका अध्यक्ष गोबिन्द सिवाकोटी, पूर्व अध्यक्ष चन्द्र राई आदिले कन्सर्न नेपालको बारेमा प्रकाश पार्दै भारतीय नाकाबन्दीले उब्जाएको समस्य र यो कार्यक्रम गर्नु पर्ने औचित्यका बारेमा जानकारी गराउनु भएको थियो । डा. तुलसी धरेलद्वारा संचालित कार्यक्रममा अनिल थापा,, एनआरएन क्यानाडाका संवाददाता डा. किस्मत भण्डारी, एनसिसिएन का अध्यक्ष अञ्जनी भट्टराई, मित्र काफ्ले, लोक त्रिपाठी, डि.आर. खनाल, नवराज ढुङ्गेल, डा. गोबिन्द रावत आदिले भारतको यो अघोषित नाकाबन्दीले उब्जाएको समस्या र यसका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु पर्ने आआफ्नो विचारहरु राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सेसनमा कार्यक्रमको टिपोट भारतीय दूतावास र क्यानाडाको संसदमा बुझाउने जानकारी आयोजकले दिएका थिए ।

कन्सर्न नेपालद्वारा भारतको नाकाबन्दी विरुद्धको आयोजित कार्यक्रमको दोस्रो चरणमा मिसिसाँगामा विशाल नेपाली समुदायले मौन विरोध प्रदर्शनीको आयोजना गरेको थियो ।

(खबर संप्रेषण – गोबिन्द रावत)

प्रतिक्रिया