अमेरिकामा बस्ने नेपालिहरुका लागि—————- यो सालको करदाखिला गर्दा ध्यान पुर्याउनुहोला।

इनेप्लिज २०७२ मंसिर २९ गते ७:५७ मा प्रकाशित

Untitled

हामी सन् 2015 को अन्तिम घडीमा छौं नयाँ वर्ष सन् 2016 को पर्खाइसँगै हामी यस्तो संघारमा आइपुगेका छौं कि बितेका वर्षको समीक्षा आउँदो वर्षको हाम्रा समृद्धि, समुन्नति शान्तिको तीब्र पर्खाइमा छौं अमेरिकामा रहेका हामीहरू विगतमा भन्दा राम्रा क्षण समृद्धि पर्खिरहेका छौं समृद्धि भन्नेबित्तिकै आर्थिक समृद्धिलाई अलग्याउन सकिँदैन
अमेरिकामा नयाँ वर्षको सुरुदेखि नै तीब्र आर्थिक गतिविधि, आयकर दाखिला वर्षभरिको कामपछि आफ्नो आम्दानी खर्चको विवरण सरकारलाई बुझाउने, बढी कमाए तिर्ने कम कमाएमा तिरेको कर फिर्ता पाउने समय हो यही समयमा हुने कर फिर्ता रकमका कारण अमेरिकी समाजमा आर्थिक गतिविधि बढ्ने गर्दछ तिर्नेबुझाउने, बचेका डलर कुनै महत्वपूर्ण खरिद वा काममा लगाउने गरिन्छ यीनै तीब्र आर्थिक गतिविधिका कारण अमेरिकी समाज जनवरीदेखि अप्रिलसम्म ब्यस्त रहन्छ यसले अक्टोबर१५ सम्म बिस्तारै निरन्तरता पाउँछ अमेरिकामा आम्दानी कर तथा राजश्व संकलनको इतिहास झन्डै एक सय ५२ वर्ष पुरानो सन् १८६२ मा युद्धका लागि सहयोग जुटाउन अमेरिकी जनतामा आम्दानी कर लगाउन थालिएको हो सन् १८६२ मा आन्तरिक राजश्व आयोग गठन गरी सदनबाट पहिलो पटक निर्णय गरी प्रतिब्यक्ति सय डलरदेखि १० हजार डलर आम्दानी गरेवापत प्रतिशत उक्त रकमभन्दा बढी आम्दानी गर्नेहरूका लागि उच्च आम्दानी कर लगाइएको सन् १८६६ सम्म आइपुग्दा अमेरिकाको ९० वर्षे इतिहासमा आम्दानी करबाट सबैभन्दा बढी तीन सय १० मिलियन डलर उठेको रहेछ
अमेरिकामा सन् १७९१ देखि १८०२ सम्म धुम्रपान तथा खैनी, सम्पति लिलामी, सहकारी धरौटी, मदिरा कच्चा पदार्थ उत्पादन, ढुवानी तथा चिनी उद्यमबाट मात्र आन्तरिक राजश्व उठाइएको थियो सन् १९११ ताका सर्वोच्च अदालतद्वारा विगतमा उठाइएका कर नियमसंगत नभएको अवैधानिक रहेको भन्ने आदेश जारी गरेपछि सन् १९१३ मा १६ औं संविधान ऐन, संशोधनमार्फत आयकर एवं राजश्वलाई स्थायी रूपमा ब्यवस्था गरिएको दोश्रो विश्वयुद्धपछि अमेरिकामा रोजगारीमा बृद्धि एवं आर्थिक समृद्धिका लागि कार्यक्रम ल्याइएपश्चात् झन्डै . बिलियन आम्दानी कर उठाइएको थियो सन् १९४५ सम्म आइपुग्दा सरकारले ४३ बिलियन आम्दानी कर उठायो सन् १९८१ मा अमेरिकाको इतिहासमै सबैभन्दा बढी कर कटौती गरिएपछि पनि सात सय ५० बिलियन डलर आम्दानी कर उठाइएको थियो सन् १९८६ को अक्टोबर २२ मा राष्ट्रपति रेगनको कर संशोधन ऐनमा भारी आम्दानी कर ५० बाट २८ प्रतिशतमा, सन् १९९३ को अगष्ट १० मा राष्ट्रपति बिल क्लिन्टनको राजश्व तथा आम्दानी कर सम्झौतामा हस्ताक्षर १९९७ को अर्को राजश्व नियममा हस्ताक्षरपछि आम्दानी कर राजश्वलाई भारी सामाजिक सेवामा लगाइएको थियो राष्ट्रपति क्लिन्टनको यस कर सम्झौता नियमलाई अमेरिकी इतिहासमै प्रगतिशील करको रूपमा हेरिन्छ जहाँ ब्यक्तिको आम्दानी कर कटौतीमा पाँच सय डलर छुट यस आम्दानी करलाई शैक्षिक लगानीमा लगाइयो युद्धका लागि उठाउन थालिएको आम्दानी कर अन्ततोगत्वा सामाजिक सेवाका क्षेत्रमा खर्चिन थालिएपछि अमेरिकाको आम्दानी कर प्रणाली ब्यवस्थित, ब्यवहारिक सन्तुलित ब्यवस्थापनमा केन्द्रित हुँदै गइरहेको देखिन्छ
रोजगारप्राप्त, स्वरोजगार, स्वआम्दानी जसरी आम्दानी गरे पनि चार सय डलर वा सोभन्दा बढी आम्दानी गरिएमा कर दाखिला गरी देखाउनै पर्छ अमेरिकामा आन्तरिक राजश्व सेवा (आईआरएस) लाई शक्तिशाली निकायका रूपमा हेरिन्छ मुलुकको संघीय एवं राज्य सरकारअन्तर्गत सम्पूर्ण आर्थिक लेनदेन, आर्थिक कारोवार ब्यवस्थापन यसै निकायले गर्दछ यो निकायसँग कानुनी कारवाही गर्ने तथा कारवाहीको सीमा एवं अधिकार उच्च रहेको हुन्छ आर्थिक कारोवारका सीमा, आम्दानी करका सीमा, अधिकार, सीमितता तथा नियम कानुनको पालना अत्यन्तै महत्वपूर्ण संवेदनशील हुने गर्दछ
कानुनी रूपमा जसरी वा जुन माध्यमबाट कमाए पनि ब्यक्तिगत आम्दानी कर जनवरीदेखि अप्रिल१५ सम्म दाखिला गर्न सकिनेछ कुनै कारणवश दाखिला गर्न नसकिएमा कारणसहित अक्टोबर१५ सम्म समय सीमा दिइएको , त्यसपछि भने क्षमा हुनेछैन रोजगारदाताद्वारा डब्लू फोर रोजगार कागज भरी आम्दानी वर्षको हरेक तीन तीन महिनामा रोजगार कर दाखिलापछि जनवरी १५ बाट गत वर्ष बुझाएको सम्पूर्ण करको हिसाब किताबसहित डब्लू टू कागजका आधारमा आफैंले, आफ्नो लेखापालमार्फत्, निजी लेखा कम्पनीमार्फत वा कर दाखिलाका लागि खोलिएका कम्पनीमार्फत् गत सालको आम्दानी कर ब्यक्तिगत, परिवारसहित संयुक्त, बच्चाहरू वा छुट्टिएको भए फरक फरक फर्म १०४०, १०४० १०४० ईजेड बुझाउनुपर्नेछ
परिवारको संयुक्त आम्दानीको हकमा नौ हजार आठ सय डलर वा त्यसभन्दा कम ब्यक्तिगत रूपमा आठ हजार सात सय ५० वा त्यसभन्दा कम वार्षिक आम्दानी भएमा कर दाखिला गर्न अनिवार्य छैन तर, आफूले जे जस्तो कमाएको , त्यसको सम्पूर्ण विवरण दाखिला गर्दा उत्तम हुन्छ , त्यसो गर्नु नै बुद्धिमानी हुनेछ अमेरिकामा कानुनी कागजात भई ६५ भन्दा कम उमेरका ब्यक्ति परिवारले ब्यक्तिगत एवं सामुहिक आम्दानी कर बुझाउनु पर्नेछ आन्तरिक राजश्व सेवाले ब्यक्तिगत रूपमा नौ हजार आठ सय डलर, १२ हजार पाँच सय ५० परिवारको संयुक्त रूपमा, घरमूलीको रूपमा, विवाहित संयुक्त दाखिलाका लागि १९ हजार पाँच सय ५०, विवाहित तर बेग्लाबेग्लै कर दाखिलाका लागि तीन हजार आठ सय ५०, बच्चाहरूसहितको विधवाहरूका लागि १५ हजार सात सय ५० डलरलाई न्यूनतम आम्दानीका रूपमा सीमावद्ध गरेको त्यसैगरी आफ्नै काम, स्वरोजगार आम्दानी, घरबाटै आम्दानी, ट्याक्सी चालक वा अन्य ब्यक्तिगत स्वरोजगारको हकमा चार सय यसभन्दा बढी, चर्च धार्मिक सेवाबाट एक सय आठ डलर २८ सेन्टभन्दा बढी आम्दानी, स्वास्थ्य बचत, घर खरिद सहुलियत बचत, अवकास तथा स्वास्थ्य सेवा बचतको जुनसुकै आम्दानी पनि कर दाखिलाको अनिवार्यताभित्र पर्दछन् राजश्व विभागका अनुसार अरूको आश्रितका रूपमा बसेका सदस्यको हकमा आठ हजार सात सय ५० भन्दा कम कमाएमा कर दाखिला गर्न जरुरी छैन तर, दाखिला गर्दा बुद्धिमानी हुनेछ भविष्यमा ब्यक्तिगत एवं परिवारको रेकर्डमा सहयोग पुग्नेछ दानचन्दा लेनदेन, सामाजिक सेवा एवं संघसंस्थाहरू जुन ५०१सी३ अन्तर्गत दर्ता भएकाहरूको आम्दानीमा कर छुट हुनेछ तर, कर विवरणबाट पारदर्शिता लिनुपर्नेछ
आफ्नो आर्थिक कारोवार, बैंकिङ कारोवार, ऋण धन आदान प्रदानमा अत्यन्त सावधानी एवं पारदर्शी बन्नुपर्नेछ राजश्व विभागको नजरमा पर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो यस विभागको ऋण अदालतबाट बच्चाको हेरचाह, परिवारको छुट्टा भिन्न खर्च ब्यहोर्ने निर्देशन, अस्पतालको ऋण, भुक्तानी नभएको कलेजको ऋण वा सरकारी अन्य निकायलाई तिर्नुपर्ने भुक्तानी नतिरेसम्म कर तथा आर्थिक कारोवारको कानुनी छुटकारा पाइने छैन , सरकारी निकायले जुनसुकै बेला जसरी पनि जायजेथाबाट भुक्तानी लिनेछ त्यसरी भुक्तानी हुन नसके जेल जानु पर्ने अवस्थासमेत आउन सक्छ त्यसो भएमा अन्य दैनिक जीवन गुजारा एवं सेवा लिने अवसरबाट वञ्चित हुनुपर्नेछ
सरकारी सुविधा फूड स्टाम्प, विक भौचर, असहाय एवं अन्य सुविधा भत्ता, आर्थिक सहायता उपभोग गरिएको अवस्थामा कर दाखिला गर्दा पनि ढाँट्ने वा गलत विवरण नदिनु बुद्धिमानी हुनेछ यस्तो अवस्थामा सरकारी सामाजिक सुविधा प्राप्त गर्दा रेकर्डमा जाने भविष्यमा घर खरिद, सम्पति खरिद अध्यागमन सुविधा वा अन्य आर्थिक एवं सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपर्नेछ थुप्रै ब्यक्ति एवं परिवारहरू प्रत्यक्ष नगदमा काम गर्ने, आम्दानी करमा नदेखाउने तथा अत्यन्त न्यून देखाउने गरेको पाइएको यसबाट तत्कालका लागि नगदमा फाइदा भए पनि कालान्तरमा यसको प्रत्यक्ष नकारात्मक असर पर्नेछ साना ब्यवसायमा काम गर्ने अधिकांशले नगदमा काम गर्ने प्राप्त आम्दानीलाई आम्दानी करमा दाखिला नगर्ने देखिएकाले भविष्यमा थुप्रै आर्थिक एवं सरकारी अन्य सुविधा अवसरबाट वञ्चित हुनुपर्नेछ घर किन्न जाँदा आम्दानी हेर्नेछ क्रेडिट कार्ड, सवारी साधन वा अन्य खरिदमा आम्दानीको श्रोत तथा कति कर बुझाएको , त्यो हेर्नेछ त्यसले गर्दा भविष्यलाई हेरेर काम गर्नु राम्रो हुनेछ नेपालबाट वा अन्य ठाउँबाट परिवार अन्य सदस्यलाई भित्र्याउन पनि करको विवरण हेर्ने हुँदा आम्दानीलाई करमै देखाउनु राम्रो हुनेछ
अमेरिका संसारको यस्तो मुलुक हो, जहाँ तपाईंले के बोल्नुभयो ? त्यसमा विश्वास गर्दैन , त्यसले खासै अर्थ पनि राख्दैन तपाईंका कागज वा तपाईंद्वारा बनाइएका कागजात तथा तपाईंको आधिकारिक विवरणले जे बोल्छ, त्यसलाई आधार मान्छ तपाईंले जे तिर्नुभएको , तपाईंले जे जसरी बिल वा अन्य निकायको भुक्तानी वा आर्थिक कारोवारमा जे जसरी पारदर्शिता देखाउनुभएको , त्यो नै तपाईंको मुख्य आधार हो अमेरिकी निकाय समाजले यसलाई नै आधार मान्दछ ब्यक्तिगत कर दाखिलाको अलावा आफ्नो ब्यवसाय वा संस्थाको कर बुझाउँदा कामदार कर, आम्दानी कर, सामाजिक सेवा भत्ता, संघीय, राज्य सरकार एवं काउन्टी कर, आफ्नो उठबस, आयश्रोत वा कारोवारबारे जिम्मेवार ब्यवस्थित हुन जरुरी अन्यथा अमेरिकामा १० वर्षपछि पनि तपाईं समस्यामा पर्न सक्नुहुनेछ
बैंकमा पैसा राख्दा ब्याज नआउने, बैंकलाई शुल्क बुझाउनु पर्ने, आम्दानीको नियमितता नहुने तथा गरीवीका कारण झन्डै १३ मिलियन अमेरिकीहरूसँग बैंक खाता छैन आम्दानी नगदमा लिने, आम्दानी बढी देखाउँदा फूड स्टाम्प सरकारी स्वास्थ्य बीमा मेडिकेड, मेडिकेयरका साथै अन्य सुविधाहरू समेत गुम्ने भएकाले अमेरिकी गरीव समुदायले कर नै दाखिला गर्दैनन् जति गर्छन, अधिकांशले कर फिर्ता वा सहुलियत मार्फत् राम्रो नगद प्राप्त गर्दछन् सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाअघि तथा पछि पनि प्राप्त गरेको कानुनी सामाजिक सुरक्षा संख्या कागज भएको तर मिति गुज्रेको भए पनि आफ्नो आम्दानी कर दाखिला गर्दा भविष्यमा राष्ट्रपतिको अध्यागमन आदेश एवं अन्य सहुलियत नियम मार्फत् कागज प्राप्तीका बखत कर दाखिला प्रमाणले ठूलो सहयोग पुर्याउन सक्छ सवारी साधन, घर, वातावरणमैत्री एवं किफायती संयन्त्र तथा विद्युतीय यन्त्रहरू खरिद, कृषि उपकरण तथा सहुलियत दिइएका बस्तुहरूको खरिदमा सरकारले कर छुट दिनेछ कर दाखिलाबाट ओबामा केयर स्वास्थ्य बीमामा समेत कर छुट दिइएको
समग्रमा के बुझ्न राम्रो हुन्छ भने आफ्ना कुनै पनि आर्थिक आम्दानी तथा खर्च कारोवारलाई यथार्थ एवं विश्वसनीय ढंगले पारदर्शी नबनाएसम्म थुप्रै झन्झट ब्यहोनुपर्ने कानुनी कारवाहीमा समेत परिनेछ त्यसैले आर्थिक पारदर्शिताका साथै आफ्नो आम्दानीलाई कर दाखिलामा उल्लेख गर्नु बुद्धिमानी हुनेछ जसबाट भविष्यमा आफ्नो क्रेडिट बलियो हुने अवसर सदुपयोगमा सहयोगी हुनेछ
अमेरिकामा यदाकदा आईआरएसको नामबाट फ्रडहरूले विभिन्न बहानामा फोन गरी तर्साएर ब्यक्तिका सम्पूर्ण सूचना लिन खोज्ने गरेको पनि देखिइएको यसरी ती फ्रडहरूले तपाईंका ब्यक्तिगत विवरण बैंकिङ खाता रित्याइदिन सक्छन् के हेक्का राख्नुहोला भने अत्यन्त अपर्झट समस्याबाहेक आईआरएसले फोन गर्दैन आवश्यक कागज मेल गर्दछ मेलबाटै जवाफ पठाउनु पर्ने हुन्छ यस्ता शंकास्पद गतिविधि पाइएमा आयकरसम्बन्धी जानकारी भएका वा आफ्नो चार्टड एकाउन्ट मार्फत् सम्पर्क गर्नुहोस् वा नजिकैको कर कार्यालयमा समय लिएर भेट्न जानुहोस् केही जान्नु वा बुझ्नु परेमा www.irs.govमा पाउनु हुनेछ

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका-नेपाल व्यवसायी संघका कार्यवाहक अध्यक्ष अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया