सोमबार, साउन १८ २०७८
काठमाडौं १०:४४
वासिङटन डिसी 00:59

उच्चस्तरीय ढङ्गबाट समस्या समाधानको पहल: एमाले सचिव

इनेप्लिज २०७२ मंसिर २९ गते ५:१३ मा प्रकाशित

Yogesh_Bhattarai_20140831080937पोखरा, २९ मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालमा जारी समस्या समाधानका लागि एमाले नेतृत्वको सरकार उच्चस्तरीय ढङ्गबाट लागिपरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले समस्या समाधानका लागि जारी प्रयत्न सकारात्मक रूपमा बढेको छ भन्नुभयो ।

“मधेसमा संविधानका सम्बन्धमा भ्रम छरिएको छ” – उहाँले भन्नुभयो – “मधेसी सर्वसाधारणको सोझोपनलाई त्यहाँ लामो समयदेखि सत्ताको हालीमुहाली गरेका ठालुहरूले आफ्नो सत्ताको पुनःस्थापनाका लागि मधेस विद्रोहमा उपयोग गरेका छन् । त्यहाँ ठालु र सर्वसाधारणलाई छुट्याउनु आवश्यक छ ।”

समस्याको समाधान गर्ने सम्बन्धमा सरकारले संविधान संशोधनको विधेयक अघि बढाउन लागेको उल्लेख गर्दै उहाँले देशको आन्तरिक समस्या समाधान गर्न नेपालीहरू आफैँ सक्षम भएको बताउनुभयो ।

सीमाङ्कन अहिले नै हेरफेर नहुने भन्दै उहाँले यस विषयलाई निष्कर्षमा पु¥याउन संवैधानिक रूपमा नै व्यवस्था गरिएको सङ्घीय आयोगमा जानुपर्ने वा राजनीतिक तहबाट समाधानका लागि संसदीय वा राजनीतिक समिति बनाउने कुरामा आन्दोलनरत दल सहमत हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसले संसद्मा गरेको अवरोध असान्दर्भिक भएको बताउँदै सचिव भट्टराईले मधेसी मोर्चा पनि पुनःनिर्माण प्राधिकरण विधेयक पास गर्न सहमत भएका अवस्थामा संसद् खुलाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्तरतर्फका नाका खोल्न प्रयत्न भइरहेको भन्दै उहाँले चीनसँग पेट्रोलियम पदार्थको व्यापार गर्ने सम्झौता हालसम्म नभएको र त्यो सम्झौता अर्को हप्तामा हुने बताउनुभयो ।

प्रतिक्रिया