झापामा औलोको प्रभाव घट्दै

इनेप्लिज २०७२ मंसिर २९ गते ५:०१ मा प्रकाशित

काँकडभिट्टा (झापा), २९ मङ्सिर । झापामा औलो रोगको प्रभाव न्यूनीकरण हुँदै गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आव ०७०÷७१ मा ८८ जना औलोका रोगी फेला परेका थिए । तर आव ०७१/७२ मा यो सङ्ख्या घटेर ५८ मा झरेको छ ।

चालु आव ०७२÷७३ को पहिलो चौमासिकमा दुईजना मात्र रोगी भेटिएको हुँदा जिल्लामा औलो नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले बताउनुभयो ।

कार्यालयले औलो नियन्त्रणका लागि रोगीलाई नियमित औषधि खुवाउने, रगत जाँच गर्ने, लामखुट्टे मार्न विषादी छर्किने र गाउँ गाउँमा झुल वितरण गर्ने अभियान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया