बालबालिकाका आँखामा ब्याक्टेरियन

इनेप्लिज २०७२ मंसिर २९ गते ४:४८ मा प्रकाशित

eyeदाङ, २९ मङ्सिर । मौसम परिवर्तनसँगै दाङमा स–साना बालबालिकाको आखाँमा ब्याक्ट्रेरियन देखापरेको छ । राप्ती आँखा अस्पताल रक्षाचौर, दाङमा जन्मेदेखि करिब पाँच वर्षमुनिका बालबालिकामा आँखामा यस्तो समस्या देखापरेको र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

सुरुमा आँसु आउने, बिजाउने, कचेरा आउने सङ्केत देखिन्छ भने तत्काल उपचार नगरिए आँखा रातो हुने, सुनिने, डिलमा पिप आउने र अन्त्यमा दृष्टिसमेत गुम्न सक्ने अस्पतालका चिकित्सक मोनिका कर्माचार्यले बताउनुभयो ।

चिसो बढेसँगै दैनिक ५० जनाभन्दा बढी बालबालिका त्यस्तो समस्याबाट पीडित भई उपचारका लागि ल्याइने गरिएको र उक्त लक्षण देखापरेलगत्तै उपचार गराए एक हप्ताभित्र निको हुने जानकारी उहाँले दिनुभयो ।

अरुमा पनि सर्ने भएकाले त्यस्ता बिरामीबाट बँँच्न सरसफाइमा ध्यान दिनुपर्ने छ । धुवाँ, फोहरलगायतबाट बालबालिकालाई सुरक्षित राखी सफा पानी, रुमाल, सफा कपडाले आँखा पुछ्ने गरे उक्त रोगको सङ्क्रमणबाट बँच्न सकिने चिकित्सक कर्माचार्यले बताउनुभयो ।

प्रतिक्रिया