“नेपाली पाठशाला” को बार्षिकोत्सब भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ मंसिर २९ गते ०:५६ मा प्रकाशित

 

DSC03864सन् २०१४ देखि नेपाली महिला स्वयम् सेवक समुह द्वारा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को सेन्टर भिलमा संचालनमा रहेको “नेपाली पाठशाला” को प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न भयो l

प्रमुख अतिथि अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले बार्षिकोत्सबको समुद्घाटन गर्नु भएको थियो l बार्षिक उत्सब समारोहमा पाठशालालाई सहयोग गरिरहेका शिक्षक, बिद्यार्थी ,स्वयम् सेवक ,अभिभावक ,संस्थापकहरुलाई राजदुत डा० कार्कीले प्रसंशापत्रले सम्मान गर्नु भयो l

गत साल स्थापना भएको पाठशालामा करिब ४० जना बिद्यार्थी रहेका छन् भने अधिकांस अमेरिकामा जन्मेका बिद्यार्थी रहेका छन l पाठशालाकि अध्यक्ष बिना खड्का लामाले पाठशालालाई सहयोग स्थापना काल देखि नै गर्नु हुने स्वयम् सेवक ,शिक्षक ,आर्थिक तथा अन्य चिज सहयोग गर्नु हुने बिशेष व्यक्तिहरुलाई बिशेष धन्यबाद दिईन l

DSC03883अध्यक्ष खड्का लामाले यो दिर्घ कालिन परियोजना भएकोले समुदायलाई  सहयोग गर्न बिशेष आग्रह गरेकि छिन् l यसको साथै उनले पाठशाला समुदायका बालबालिकाको लागि खोलिएकोले हाते मालो गर्न अनुरोध समेत गरेकी छिन् l यो परियोजना अनन्त काल सम्म को लागि भएको स्पष्ट पर्दै पाठशालालाई स्वयम् सेवकको खाचो हुने हुनाले सहयोग गर्न ईक्षुक सबैलाई स्वागत गरिने बताइन l

पाठशाला संचालन गर्न पैसा चाहिने हुन्छ त्यसैले आर्थिक सहयोग तथा अन्य सहयोग प्रदान गर्न समेत आग्रह गरेकी छिन् l यसको साथै कुनै पनि सामग्रीहरु ,पुस्तक ,कपि (अभ्यास पुस्तिका) नेपाल सम्बधि जानकारी भएका पुस्तक ,झन्डा ,नेपाली कला तथा संस्कृति झल्किने सामग्री ,नक्सा ,नाङ्ग्लो आदि ईत्यादी समेत दिन चाहन राखेमा पाठशालाले स्वीकार गर्ने अध्यक्षले बताइन l

पाठशालाको लागि शिक्षक ,स्वयम् सेवक ,नृत्य गुरु,अतिरिक्त क्रियाकलाब गराउनेको पनि खाचो भएकोले यसमा पनि सहयोग गर्न आब्हान गरेकी छिन् l स्थापना काल देखि पढाउने मात्र नगरी नेपाली पाठशालाले अतिरिक्त क्रियाकलाब समेत गराउदै आएको छ l

DSC03869 DSC03894 DSC03892 DSC03917 DSC03923 DSC03929 DSC03935

DSC03863

प्रतिक्रिया