‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड (फोटो फिचरसहित)

इनेप्लिज २०७२ मंसिर २८ गते १८:५३ मा प्रकाशित

Ganesh-Panday-2-650x450

काठमाडौं, २८ मंसिर । दैनिक नेपालका प्रधानसम्पादक गणेश पाण्डेद्धारा निर्देशित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्टसहित दुई वटा अवार्ड जितेको छ ।

काठमाडौंमा आज सकिएको चार दिने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन चलचित्र महोत्सव(किम्फ)मा पाण्डेद्धारा निर्देशित ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड र अत्याधिक दर्शकबाट मनपराइएको वृत्तचित्रका रुपमा ‘पब्लिक च्वाइस अवार्ड’सहित दुई अवार्ड जितेको हो ।

वृत्तचित्रमा भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालको कथालाई पर्दामा उतारिएको छ ।

Ganesh-Panday-5

अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन पनि भाग्यले बाँचेकाहरुको अन्तर्राष्ट्रिय संस्करण ‘नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’बाट गरिएको थियो । भाग्यले बाँचेकाहरुको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचिकर्मी जोशाय हुपर र संचारकर्मी सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् ।

Ganesh-Panday-8

यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको हो ।
यसैगरी किम्फमा अरुणदेव जोशीले निर्देशन गरेको ‘कमारो’ ले नेपाल पानोरमा पुरस्कारसहित रु ५० हजार जित्न सफल भएको छ ।

महोत्सव अवधिभर विभिन्न मुलुकका ८१ वटा वृत्तचित्र प्रदर्शन गरिएको थियो । फोटो सौजन्यः सत्या, किम्फ

Ganesh-PandayGanesh-Panday-1  Ganesh-Panday-3 Ganesh-Panday-4  Ganesh-Panday-6Ganesh-Panday-7

प्रतिक्रिया