दुई शिशुको शव फेला

इनेप्लिज २०७२ मंसिर २८ गते १२:३७ मा प्रकाशित

सोलुखुम्बु, २८ मङ्सिर । यहाँ दुई नवजात शिशुको शव भेटिएको छ ।

आइतबार सदरमुकामस्थित साप्ताहिक हाट लाग्ने स्थान नजिक खोल्सीमा र आज सोही स्थानबाट केही पर अर्को खोल्सीमा रहेको फोहरको थुप्रामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुवै शव केही समयअघि जन्माएर फ्याँकेको प्रहरीले अनुमान गरेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया