भर्जिनियामा “नेपाली पाठशाला” को बार्षिकोत्सब

इनेप्लिज २०७२ मंसिर २८ गते ४:०२ मा प्रकाशित

अमेरिकाको राजधानी नजिकै भर्जिनियामा संचालन भईरहेको “नेपाली भाषा पाठशाला” को प्रथम बार्षिकोत्सब भब्यताकासाथ सम्पन्न भयो l अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले ऊद्घाटन गर्नुभएको उक्त बार्षिकोत्सब भर्जिनियाको सेन्टरभिलमा सम्पन्न भएको थियो l समारोहमा पाठशालालाई सहयोग गरिरहेका सहयोगीहरु, शिक्षक, बिद्यार्थी र संस्थापकहरुलाई राजदुत डा० कार्कीले प्रसंशापत्रले सम्मान गर्नुभयो l

 

प्रतिक्रिया