माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

इनेप्लिज २०७२ मंसिर २८ गते ३:४५ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २८ मङ्सिर । बेनी नगरपालिका– १३ सिंगा तातोपानीमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ना५ख २८९८ नंको माइक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालिका– १३ तातोपानीका ३५ वर्षीय प्रेमबहादुर बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बानियाँको जिल्ला अस्पताल, बेनीमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले जानकारी दिनुभयो । उपल्लो तातोपानी बजारमा बस फर्काएर तल्लो बजारमा रहेको चालकको घरतर्फ आउने क्रममा तातोपानी कुण्डको पश्चिमी प्रवेशद्वार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

माइक्रोबस सडकदेखि ५० मिटर तल म्याग्दी नदी किनारमा खसेको छ । बेनी–जोमसोम रुटमा चल्ने माइक्रोबस लिएर चालक बानियाँ घर गएका थिए । बसमा चालकमात्रै थिए ।

प्रतिक्रिया