आइतबार, साउन १७ २०७८
काठमाडौं ०८:०४
वासिङटन डिसी 22:19

अमेरिकाको नेपाली समाज टेक्ससमा झन्डै २५०० सदस्य

इनेप्लिज २०७२ मंसिर २८ गते २:४३ मा प्रकाशित

nst-logo

नेपाली समाज टेक्सासको सदस्य संख्या एक्कासि बृदि भएको छ  I  नयाँ  नेतृव्त  लागि निर्वाचन हुने भएकोले पनि  सदस्य बन्ने क्रम बढेको हो I

एनएसटीको  सदस्यता समितिका बिनय अर्यालका अनुसार सदस्यतालिने अन्तिम दिन शनिवार मद्य रात सम्म २ हजार ४ सय ४४ जनाले सदस्यताका लागि  निवेदन दिएका छन् I सदस्यता बन्न टेक्ससको परिचय पत्र र २० अमेरिकी डलर शुक्ल तोकिएको थियो I

अध्यक्षका लागि कृष्ण लामिछाने र विजय राज   भट्टराईको उम्मेदवारी परेकाले पनि  सदस्यता संख्या बृदि भएको हो I दुवै जना बिच नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा छ I

दुई जना उम्मेदवारी बिच राजनीतिक  धुर्बीकरण समेत छ I सदस्य संख्या एक्कासि बृदिले कुन उम्मेदवारीलाई बढी फाइदा भयो यो स्पष्ट छैन I तर दुवै  उम्मेदवारीले आफूले जित्न सदस्य बनाउन होडबाजी चलेको एनएसटी निकटहरु बताउछन् I अझै साझा उम्मेदवारको खोजी पनि भईरएको छ I  तर आइतबार सम्म  उम्मेदवारी दर्ता गर्ने समय छ I

सदस्यता संख्या बृदिले चुनावी नतिजा प्रभावित पार्ने भए पनि यसले सस्थाको आम्दानी भने बृदि गरेको छ I

टेक्ससमा झन्डै ३० हजार नेपाली रहेको अनुमान छ I  एनएसटी संभवत स्थानीय सस्थामा सबै भन्दा बढी सदस्य भएको सगठन भएको छ I

पुरा अमेरिकालाई प्रतिनिधित्वगर्ने एनआरएन अमेरिकामा करिब १०  हजार ५०० हजार सदस्य छन् I

krishna-bijay

प्रतिक्रिया