बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:००
वासिङटन डिसी 16:15

भर्जिनियामा “नेपाली पाठशाला” को बार्षिकोत्सब

इनेप्लिज २०७२ मंसिर २८ गते १:२९ मा प्रकाशित

DSC03864

अमेरिकाको राजधानी नजिकै भर्जिनियामा संचालन भईरहेको “नेपाली भाषा पाठशाला” को प्रथम बार्षिकोत्सब भब्यताकासाथ सम्पन्न भयो l अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले ऊद्घाटन गर्नुभएको उक्त बार्षिकोत्सब भर्जिनियाको सेन्टरभिलमा सम्पन्न भएको थियो l समारोहमा पाठशालालाई सहयोग गरिरहेका सहयोगीहरु, शिक्षक, बिद्यार्थी र संस्थापकहरुलाई राजदुत डा० कार्कीले प्रसंशापत्रले सम्मान गर्नुभयो l

DSC03847
अमेरिकामै जन्मेका ३ बर्ष देखी १६ बर्ष सम्मका बालबालिकाहरुले समारोहमा नेपाली भाषामा गित गाएको आकर्षक देखिन्थ्यो l   राजदुत डा० कार्कीका धर्मपत्नी गौरी कार्की र दुतावासका नयाँ डिप्लोम्याट कैलाश पोखरेल पनि समारोहमा ऊपस्थित हुनुहुन्थ्यो l

DSC03838
भर्जिनियामा बसोबास गरिरहेका नेपाली महिला स्वयँसेविकाहरुको समुहद्वारा संचालित “नेपाली भाषा पाठशाला” का संस्थापक पुर्ब: नेपालकी रास्ट्रिय खेलाडी बिना खड्का लामाले सहयोगीहरु सबैलाई धन्यबाद दिएकी थिईन l

DSC03861

प्रतिक्रिया