विदेशीको सहयोगमा खानेपानी आयोजना निर्माण

इनेप्लिज २०७२ मंसिर २७ गते २:१७ मा प्रकाशित

water_20140531010048रामपुर (पाल्पा), २७ मङ्सिर । वर्षौंदेखि खानेपानीको समस्या भोगेका सहलकोट सेरडाँडाका स्थानीयवासी अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

जापानका समाजसेवी काजुमासा काकिमी ओकेबाजेले खानेपानी आयोजनाका लागि आर्थिक रकम सहयोग गरेपछि स्थानीयवासी उपभोक्ताको सक्रियतामा योजना निर्माण गरिएको हो । ओकेबाजेको रु दुई लाख सहयोग र स्थानीयवासी उपभोक्ताको रु ५० हजार बराबरको जनश्रमदानबाट जम्मा रु दुई लाख ५० हजारको लागतमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर पुलामीले बताउनुभयो ।

उक्त आयोजनाबाट सेरडाँडाका १७ घरधुरीका उपभोक्ता लाभान्वित भएका छन् । गाउँमा पिउने पानीका लागि टाढाटाढा पानीका मूल, कुवा खोजेर जीवन गुजारा गर्दै आएका उपभोक्तामा अहिले आयोजना सम्पन्न भई घर घरमा पानी आउन थालेपछि खुसी छाएको छ ।

नवनिर्मित आयोजनाको ११ वटा धारा जडान गरी उपभोक्तालाई सहज रुपमा पानी वितरण गरिएको स्थानीयवासी प्रेम बाकाबलले जानकारी दिनुभयो ।

प्रतिक्रिया