आमाको सम्झनामा सांसदद्वारा कम्बल वितरण

इनेप्लिज २०७२ मंसिर २७ गते १:२० मा प्रकाशित

विराटनगर, २७ मङ्सिर । नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति एवम् सांसद अमृत अर्यालले आफ्नी आमाको सम्झनामा शनिबार विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा कम्बल र खाद्यान्न सामग्री वितरण गर्नुभएको छ ।

उहाँले सो वृद्धाश्रममा रहेका २५ वृद्ध र २५ वृद्धा गरी ५० जनाका लागि ५० थान कम्बल र खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।

जाडो बढेकाले वृद्धाश्रममा बस्नुभएका वृद्धवृद्धालाई जाडोबाट राहत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया