मंगलबार, साउन १२ २०७८
काठमाडौं ०३:५७
वासिङटन डिसी 18:12

हात्तीले स्कुल तोड्यो

इनेप्लिज २०७२ मंसिर २७ गते १:१६ मा प्रकाशित

dhurbe-hattiसप्तरी, २७ मङ्सिर । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको एक हात्तीले सप्तरीको जोगिनियाँ गाविसमा रहेको एउटा बोर्डिङ स्कुलमा शनिबार तोडफोड गरेको छ ।

एकाक्सि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले जोगिनियाँ गाविस– ९ (हाल हनुमाननगर जोगनिमाई नगरपालिका– १) सकरदहीमा रहेको शेखर बोर्डिङ स्कुलमा तोडफोड गरेको स्थानीयवासी लाल माझीले बताउनुभयो ।

स्कुलको भित्तामा हात्तीले आक्रमण गर्दा स्कुलमा क्षति पुगेको बताइएको छ । साथै गाउँमा एक्कासि हात्ती पसेको देखेपछि स्थानीयवासी त्रसित भएका थिए । गाउँ पसेको हात्तीलाई स्थानीयवासीले लखेटेका थिए ।

प्रतिक्रिया