आइतबार, साउन १० २०७८
काठमाडौं ०४:५९
वासिङटन डिसी 19:14

पूर्व युवराज पारसलाई देखेर बगलामुखीमा लाग्यो ‘राजा आऊ देश बचाउ’ को नारा

इनेप्लिज २०७२ मंसिर २६ गते १६:२३ मा प्रकाशित

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौँ, २६ मंसिर । भारतको नाकाबन्दी नेपाली जनताले किन सहने भन्दै प्रश्न गरेका पूर्व युवराज पारस शाहले शनिबार साँझ ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजापाठ गरेका छन् । बहिनी प्रेरणासँगै मन्दिर पुगेका पारसलाई देखेपछि उनका समर्थकहरुले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पारसले शनिबार पञ्चबलि तथा मंसिर विशेष पूजा गरेका हुन् । लामो कपाल बाँधेर आएका पारसले बगलामुखी भजन मण्डलीले आयोजना गरेको पूजाको प्रसाद पनि ग्रहण गरे ।

पूजापाठ कार्यक्रममा सेना र प्रहरीका उच्च अधिकारीहरु पनि उपस्थित थिए । यसअघि भारतीय नाकाबन्दीविरुद्ध मुख खोल्दै पारसले ‘धर्म गुमायौ, राजा गुमायौ, अब ग्यास गुमाएर दाउराको चुलो पनि पाएनौं, नेपाली जनताले किन सहने’ भन्दै प्रश्न गरेका थिए ।

Paras-saha

प्रतिक्रिया