सङ्क्रमित बालबालिकाका लागि साढे पाँच लाख खर्च

इनेप्लिज २०७२ मंसिर २६ गते ३:३७ मा प्रकाशित

बैतडी, २६ मङ्सिर । सेवक मित्र (संस्था)ले बैतडीमा एचआइभी सङ्क्रमित बालबालिकालाई गएको ६ महिनामा पाँच लाख ५० हजारभन्दा बढी खर्च गरेको छ ।

जिल्ला परियोजना परामर्श समितिले सो संस्थाले जिल्लामा गएको ६ महिनामा रु पाँच लाख ६७ हजार खर्च गरेको जनाएको छ । एचआइभी सङ्क्रमित बालबालिकाका लागि सञ्चालन गरेका विभिन्न क्रियाकलापमा खर्च गरिएको सेवक मित्र बैतडीका कार्यक्रम संयोजक जगदीश बमले बताउनुभयोे ।

उहाँले भन्नुभयो, “अहिले २७ एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक रु दुई हजार ५०० का दरले सहयोग गरिरहेका छौं”। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, देहीमाडौँ, कटौजपानी, सिद्धेश्वरलगायतका गाविसमा काम गरिरहेको उहाँले बताउनुभयो ।

उक्त संस्थाले सङ्क्रमित बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया