गोरखा, २६ मङ्सिर । भूकम्पपछिको पुनः निर्माणका क्रममा घर, भवन निर्माण गर्दा अपाङ्गमैत्री बनाउन आग्रह गरिएको छ ।
पुनः निर्माण, नवनिर्माणको काम छिटो सुरु गर्नुपर्ने बताउँदै गोरखामा अब निर्माण हुने भवन, घरहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् । नेदरल्यान्ड लेप्रोसी रिलिफको सहयोगमा गोरखामा शुक्रबार प्रगतिशील अपाङ्ग सङ्घले गरेको कार्यक्रमका वक्ताले अधिकांश सरकारी कार्यालय, घर तथा भवन अपाङ्गमैत्री नहुँदा समस्या खेप्नुपरेको बताएका छन् ।
सडकदेखि घरभित्रको शौचालयसम्म अपाङ्गतामैत्री बन्नुपर्ने भन्दै सङ्घका अध्यक्ष अमर गुरुङले पुनः निर्माणको बेला घर, भवन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सांसद छमबहादुर गुरुङले अब निर्माण हुने घर, भवन अपाङ्गतामैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया