आइतबार, साउन १० २०७८
काठमाडौं १५:४६
वासिङटन डिसी 06:01

सरकारको विरोध गरेको आरोपमा बङ्गलादेशका लेखक पक्राउ

इनेप्लिज २०७२ मंसिर २५ गते १२:१२ मा प्रकाशित

ढाका, २५ मङ्सिर । सरकारको आलोचना गरेर लेख लेखेको आरोपमा बङ्गलादेशका एकजना लेखकलाई पक्राउ गरिएको समाचार छ ।

उनले सरकारको आलोचना गरेका र सरकारी कार्यलाई उपहास गरी लेख लेखेर सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

सरकारले गएको तीन हप्तादेखि फेसबुकमा प्रतिबन्ध लगाएको थियो । सरकारले तीन हप्तादेखिको प्रतिबन्ध हटाएको केही समयपछि नै यस्तो लेख लेख्ने उनलाई सरकारले नियन्त्रणमा लिएको बताइएको हो ।

बङ्गलादेशको र¥यापिड एक्सन बटालियनका अधिकारीहरुले लेखक रफित अहमदलाई बिहीबार राति पक्राउ गरेको हो । उनले सो लेख लेखेर फेसबुकमा राखेको आरोपमा देशको एक विवादास्पद साइबर कानुनबमोजिम उनलाई पक्राउ गरिएको उक्त बटालियनका अधिकारीले जानकारी दिएका छन् ।

उक्त बटालियनका प्रवक्ता मेजर रुमन मोहमदले भने– उनलाई फेसबुकमा विवादास्पद लेख राखिएको आरोपमा पक्राउ गरिएको छ, अनुसन्धान जारी छ ।

रफितले बङ्गलादेशका सामाजिक सञ्जालहरुका साथै अनलाइन मिडियाहरुमा पनि समाजप्रति ब्यङ्ग्यर्नेगरी लेखहरु लेख्ने गर्छन् । उनले लेख्ने गरेको सो स्तम्भ निकै लोकप्रिय पनि छ ।

उनले तीन हप्ताअघि फेसबुक र मोबाइलको मेसेज सेवा पनि बन्द गराउने सरकारी कदमको विरोधमा ब्यङग्य गरेका छन् ।

सरकारले सुरक्षाको कारण देखाई उक्त सामाजिक सञ्जाल बन्द गराएको थियो । तर त्यसको विरोध व्यापक मात्रामा भएको थियो ।

प्रतिक्रिया