भिरबाट लडेर वृद्धको मृत्यु

इनेप्लिज २०७२ मंसिर २५ गते ११:५४ मा प्रकाशित

Parbat_district_locationफलेवास (पर्वत), २५ मङ्सिर । भिरबाट लडेर पर्वतको कुस्मा नगरपालिका–५ खुर्कोटमा एक वृद्धको ज्यान गएको छ ।

कुस्मा नगरपालिका–६ का ५७ वर्षीय छविलाल दमाईको भिरबाट लडेर बिहीबार साँझ ज्यान गएको हो । दमाई साँझ ७ः३० बजे कुस्मा नगरपालिका–५ धनसरीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साँझपख घरबाट गाईवस्तुलाई घाँस काट्न गएका दमाईको भिरबाट लडेर ज्यान गएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया