भूकम्पले क्षति पुर्‍याएको राजमार्गको मर्मत सम्भार

इनेप्लिज २०७२ मंसिर २५ गते ३:३० मा प्रकाशित

काठमाडौँ, २५ मङ्सिर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले भूकम्पले क्षति पुर्‍याएको विपी कोइराला राजमार्गको मर्मत सम्भार सम्पन्न गरेको जनाएको छ ।

सो राजमार्गको विभिन्न २९ स्थानमा सडक चिरा पर्नुका साथै ठूला ढुङ्गा खसेर बिग्रिएको थियो । गत असार १ गतेबाट सुरु भएको मर्मत सम्भार कार्य केही दिन पहिले सम्पन्न भएको र सो कार्यमा रु छ करोड खर्च भएको जाइकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मर्मत सम्भारको कार्य जापानी परामर्शदाता निपोन कोइ र नेपाली निर्माण व्यवसायी स्वछन्द निर्माण सेवाले सम्पन्न गरेको हो । कुल १६० किमी लामो सो राजमार्गले काठमाडौँलाई तराईसँग जोड्न सफल भएको छ ।

सो राजमार्ग केही समय पहिले मात्र निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

प्रतिक्रिया