आइतबार, साउन १० २०७८
काठमाडौं ००:१६
वासिङटन डिसी 14:31

मेरो अमेरिका यात्रा र उडिरहेको मन

इनेप्लिज २०७२ मंसिर २५ गते २:३० मा प्रकाशित

desh subba.jpg 1

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका साहित्यकारहरूसित खासै परिचय थिएन । होमनाथ सुबेदीसित समय समयमा फोन संवाद हुन्थ्यो । फेसबुक संवाद हुन्थ्यो । हङकङ चेप्टरका साथीहरूसित भने धेरै अगाडिदेखि चिनचान छ । यस्तैमा अन्तर्राष्ट्रिय नेपाली समाजको पुरस्कारको सूचना देखें । “भयवाद”को अंग्रेजी सँस्कारण एजष्यिकयउजथ या ँभबचष्कm प्रकाशन भएर अमेरिकाबाट ३ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको थियो । नेपाली “भयवाद” भरखरै प्रकाशित भएको थियो । मैले फेसबुकबाट होमनाथजीलाई सोधें पुरस्कारको बारेमा ।

वहाँले भन्नुभयो, “दर्ता गराइ राख्नुहोस प्रचारप्रसार पनि हुन्छ ।” सुझाब उचित लाग्यो र मैले दर्ता गराएँ । विश्वभरबाट ६७ वटा कृतिहरू परेछन्, त्यसमध्येबाट “भयवाद”ले डा. श्यामकार्की तथा इन्दिरा कार्की पुरस्कार पाउन सफल भयो । यो “भयवाद”को चौथो अन्तर्राष्ट्रिय अवार्ड थियो । यो घोषणा पछि साउथ क्यालिफोर्निया बुक फेस्टीबल अवार्ड पनि प्राप्त गरेको छ । यो पाँचौ पुरस्कार हो । पुरस्कार पाएर पनि म अमेरिका जाने मूडमा थिइनँ । एकदिन मेरी बेलायत बस्ने बहिनीसित अवार्डका कुरा निस्क्यो । उनले भनिन्, “दाई जानु, यस्तो मौका फेरि आउँदैन ।” सोचें, ठीकै हो । अब बिस्तारै मेरो सुतेको इच्छा जाग्न थाल्यो । म अमेरिका जाने सुरमा लागें । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले निमन्त्रणा पठाएपछि प्रक्रिया अगाडि बढाएँ ।

तर डर थियो, कतै नेपाली राहदानीलाई भिसा दिदैन कि भनेर । यो विपन्न मुलुकको हीनता हो, मसित पनि थियो । नेपाली राहदानीले भिसा पाइहाल्ने संभावना कम नै हुन्छ । उता पुरस्कार समितिकी अध्यक्ष सीता पाण्डेले भनिन्, “हामीले निमन्त्रणा पठाएपछि पाइहाल्नु हुन्छ ।” नभन्दै सजिलैसित भिसा पाएँ । अनि टिकट र होटल बुकिङमा लागें । नोभेम्बर १९ बिहीबार साँझ ६ बजे हङकङबाट अमेरिका उडें । नेपाल बाहेक साहित्यिक र “भयवाद”को यो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । मनमा खुलदुली थियो नै, खुलदुली बोकेर मन शरीरभन्दा अगाडि अगाडि उडिरहेको थियो ।

अन्तर्राष्ट्रिय उडानको नियम हो कि म उडेको इमिरेटस एयरलाइन्सको नियम हो, थाहा भएन । जहाज समयमै ओर्लियो, वासिङटनको डुलास अन्तर्राष्ट्रिय एयरपोर्टमा स्थानीय समय अनुसार २० नोभेम्बर, बिहान ८ बजे । केही बेरको पर्खाएपछि होमनाथ सुबेदी आफै मलाई लिन एयरपोर्ट आए । सरर चिल्लो कार र सडकमाथिको यात्रा शुरू भयो । हामी कार्यक्रम स्थल जान अगाडि होमनाथजीको सुन्दर घरमा पुग्यौं । पहिलो पल्ट देखेको नेपालीको त्यो घर मलाई सुन्दर लाग्यो । घरभित्र र बाहिर घुमीघुमी हेरें । ठूलो क्षेत्रफलमा पैmलिएको पछाडि करेसाबारी, फलपूmलका बोट, विविक्यू स्पट र बरण्डा । हामीले फोटो खिच्यौ । दिनको खाना त्यही खाएर साँझतिर मेरी ल्याण्डको मेरीअट होटलमा गयौं । यही होटल हाम्रो कार्यक्रम स्थल थियो । मेरो भाइ सानीमाको छोरा देशराज संयोक होटलकै नजिक भर्जिनिया बसेका रहेछन् ।

RAJ_9038

उसले मलाई घरमा बस्न अनुरोध गरे, तर मलाई होटल बसाइको आनन्द, अमेरिकाको विभिन्न राज्य, नेपाल, क्यानाडाबाट आउनु भएका आत्मीय साहित्यकारहरूसित भेटको स्वाद लिनु थियो । त्यही साँझ विभिन्न राज्य, देशमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरूसित सुमधुर भेटघाट भयो । इनेपालीजका विजय थापाले भिडिओ अन्तवार्ता बनाए । परिचयको कार्यक्रममा मैले भयवादको चिनारी गर्न पाएँ । भयवादको नेपाली र अंग्रेजी पुस्तकले थुप्रै अवार्ड प्राप्त गर्न सफल भएको, हिन्दीको अनुवाद चलिरहेको, अमेरिकाका डा. माइकल फिसर र देश सुब्बाको संयुक्त लेखाइमा आउन लागेको पुस्तक एजष्यिकयउजथ या ँभबचष्कm, ब् ाष्चकत भबकत धभकत मष्बयिनगभ को प्रकाशनको अन्तिम तयारीमा रहेको सुनाएँ ।

भारत असमका रण काफ्लेले भयवादलाई भारतमा चिनाए । उनको भयवादमा आधारित “भय” हिन्दी कविता संग्रहले भारतका विभिन्न राज्यबाट ४ वटा अवार्ड प्राप्त गरेको सफलता सुनाएँ । बिस्तारै भयवाद हङकङ, नेपाल, भारत हुँदै विश्वमा पुगेको खबर सुनाउँदा सबैले ताली बजाए । साँझ रमाइलोसित बित्यो ।

RAJ_9044२१ नोभेम्बर, २०१५ बिहानैदेखि अन्तराष्ट्रिय नेपाली साहित्य समाजले वितरण गर्ने पुरस्कार कार्यक्रममा व्यस्त भयौं । पुरस्कार वितरण, देवकोटाको जीवनीमा प्रकाश, कविता गोष्ठी र नेपाली भाषा सम्बन्धी छलफल थियो । डा. तारानाथ शर्माले प्रत्यक्ष देवकोटासित भेटेको सुन्दर अनुभव सुनाए । यसबेला उनको गला भिजेको र आँखामा आँसु नाचेको क्षण अविस्मरणीय रह्यो । कार्यक्रम रमाइलो भयो । मैले पनि “डाइस्पोराको सिकार र सिकारी” कविता वाचन गरें । त्यहाँ मलाई प्रिय साहित्यकारहरूले थुप्रै पुस्तक उपहार दिए ।

सबैसित छोटो छोटो संवाद भयो । उल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिने पुरस्कार विजेता दामोदर पुडासैनी र मलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको २२ तारिख आइतबार हुने देवकोटा जयन्ती समारोहमा निम्तो थियो । सबैसित बिदा भएर साँझ म र “मर्चुङ्गाको शहर” पुस्तकको लागि वेस्ट अवार्ड प्राप्त गर्ने टेक्सासका साहित्यकार सरू काली, उनको श्रीमान् रमेश श्रेष्ठ न्युयोर्कतर्फ लाग्यौं । रमेशजी र सरूसित साहित्यका कुरा गर्दै जाँदा बाटो काटेको पत्तै भएन । हामीले धेरै कुरा ग¥यौ साहित्य र जीवनको । रातको ११ बजे हामी न्युयोर्क पुग्यौ । मेरी ल्याण्डबाट न्युयोर्क कारमा ४ घण्टा लाग्ने रहेछ ।

त्यस्तो रातमा पनि कष्ट गरेर मेरी भतिजनी नदिया लिवाङ्ग, ज्वाइँ विश्व थापा र नातिनी क्रिस्टल मलाई लिन आए । मलाई सुखानुभूति भयो । हामी घर पुग्दा झण्डै १ बजेको थियो । नदिया आफैमा व्यस्त थिइन्, १३ डिसेम्बरमा न्युयोर्कको ब्रोडवेमा हुने नाटक “जोडियोस भत्किएका मनहरू” को लागि । उनको रिहर्सल चल्दै थियो, व्यवस्थापन गर्नु थियो, टिकट बिक्री गर्नु थियो । व्यवस्तताको बाबजुद उनले कार्यक्रम स्थल लाने, मानिसहरूसित भेट गराउने गरिन् । ज्वाइँ विश्व पनि राम्ररी जमेका क्युरिओका व्यापारी हुन् न्युयोर्कमा । उनले पनि समय निकालेर घुमाए । भरखरै इन्जीनियरिङ्ग गरेका नाति कृष्ण लिवाङले “स्टयाचु अफ लिबर्टी” घुमाए ।

RAJ_9042नोभेम्बर २२, मा अनेसास न्युयोर्क च्याप्टरको देवकोटा जयन्ती थियो । कार्यक्रममा देवकोटाको फोटोमा पुष्प अर्पण भयो । कविता गोष्ठी, नाटक र बाल प्रतियोगितात्मक कविता सम्पन्न भयो । मैले त्यहाँ भयवाद, अन्तर्राष्ट्रिय पुरस्कार, पुस्तक प्रकाशनको चर्चा गरें । “आमालाई हार्दिक श्रद्धाञ्जली”को कविता सुनाएँ । स्थानीय पत्रकार विष्णु सिंह बाइजु, सहदेव पौडेल, ज्योति कुमार श्रेष्ठ, पुस्कर बराल लगायत धेरैले अन्तवार्ता लिए ।

न्युयोर्क किरात याक्थुम चुम्लुङले नोभेम्बर २५ साँझ चुम्लुङकै कार्यालयमा सम्मान ग¥यो । त्यहाँ पनि भयवाद, नेपाली साहित्य, अन्तर्राष्ट्रिय साहित्यमा नेपाली उपस्थितिबारेमा बोलें । यसरी मेरो ६ दिनको न्युयोर्क बसाइ पूरा भयो । नोभेम्बर २६ तारिख दिनको १ बजे ज्वाँइ विश्वले बोस्टोनको लागि बसमा चढाइदिए । कति प्रेम थियो, नदिया, विश्व र न्युयोर्कबासी आदरणीय याक्थुम चुम्लुङ्गका साथीहरू, साहित्यकार अशोक राई, मणि बाङ्देल, मनुलोहरूङ्गहरूको । अन्य धेरै मित्रहरूको अविस्मरणीय प्रेम थियो । होमनाथ सुबेदीले नदियासित सम्पर्क गरेर मेरो बारेमा जानकारी लिए । “म कहाँ छु, मेरो आतिथ्य कस्तो हुँदैछ ?” वहाँको अभिवाहकीय स्नेहले अहिले पनि गर्वित छु । यो ममता र स्नेह मलाई भन्दा पनि डायास्पोराबाट हुर्किएको “भयवाद” दर्शनलाई भन्ने लाग्यो ।

नोभेम्बर २६ दिनको १ बजे म न्युयोर्कबाट बोस्टोनतर्फ लागें । कवि दीपाराई पुनले बस स्टेशनमा साहित्यकार महेश्वर पन्त मलाई लिन आउनु हुन्छ भनेर खबर गरेकी थिइन् । म रिमरिम साँझको ०५ः३० बजे बोस्टोन पुगें । महेश्वरजीले मलाई बस स्टेनशनबाट दीपाराई पुनको घरमा पु¥याए । यसपटक “सृजना उत्सव” उनको निवासमा सम्पन्न हुन गइरहेको थियो । बोस्टोनमा महिनाको अन्तिम आइतबार नियमित सृजना उत्सव हुने गर्दोरहेछ । सबैले उत्सवमा आफ्ना सृजना सुनाउने रहेछन् । यस कार्यक्रममा नेपालबाट आउनु भएका गजलकार आनन्द श्रेष्ठ र मलाई सम्मान गर्न २६ तारिख बिहिबार सारेछन् ।

उहाँहरूको त्यो आतित्थ्य सधैं स्मरणमा रहनेछ । मलाई त्यहाँ आधा घण्टा भयवादबारे बोल्न समय दिए । मैले आपूmसित भएको अवार्डको प्रमाण पत्र, पुस्तक कभर देखाउँदै जमेर बोले । अन्तिममा “ँबतयगm ब्(िव्बककझ तिमीलाई श्रद्धाञ्जली” को कविता सुनाएँ । २० वर्षीय यी कन्यालाई सिरियामा फेसबुक हेरेको अभियोगमा ढुङ्गाले हिर्काएर मारिएको थियो ।

कार्यक्रम रमाइलो र उत्साहबद्र्धक थियो । त्यो साँझ म कवि, साहित्यकार तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय महासचिव गोबद्र्धन पूजाको घरमा पाहुना भएँ । भोलिपल्ट अर्थात २७ नोभेम्बरमा मलाई दिनभर महेश्वर पन्तजीले बोस्टोनको मुख्य मुख्य स्थान घुमाए । दिनमा हामीले साहित्यकार, मोडेल, चलचित्र निर्मात्री अनु शाहको सुन्दर अपार्टमेन्टमा खाना खायौं । उनको अपार्टमेन्टबाट वरिपरिको लोभलाग्दो दृश्य देखियो । साँझको खाना मैले गोबद्र्धनजीको घरमा खाएँ । रातको ९ बजे गोबद्र्धन पुजाले बोस्टोन बस स्टेसनको लागि रेल चढाए । म रेलबाट बस स्टेशनसम्म गएँ । मेरो बस रातको १२ बजे वासिङटनतर्फ लाग्यो ।

१० घण्टाको रात्री बस यात्रा पछि म २८ तारिख बिहानको ९ बजे वासिङटन पुगें । बस स्टेशनमा भाइ देशराज संयोक लिन आएका थिए । हामी घर नपसी सिधै डा. श्यामकार्कीको निवासमा गयौं । दाई श्याम कार्की र भाउजू इन्दिरा कार्कीलाई भेटने मेरो हङकङदेखिको धोको थियो । किनभने मैले पाएको उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार वहाँहरूले राख्नु भएको पुरस्कार हो । पुरस्कार स्थापना गर्ने आदरणीय व्यक्तित्वहरूलाई भेटनु मेरो सौभाग्य नै हो । हामीले दिनभरी नेपाली भाषा, साहित्य, सँस्कार, राजनीति, अमेरिकी जनजीवन र भयवादको भविष्य बारेमा कुरा ग¥यौ । दिनको खाना नजिकैको नेपाली रेष्टुरान्टमा खायौं । बाल्टीमोरमा थुप्रै नेपाली रेष्टुरान्ट रहेछन् । करीब दिनको ४ बजे हेरी भण्डारीलाई भेटन उनको निवासमा गयौं ।

उनी मेरी ल्याण्ड राज्यमा राजनैतिक उम्मेद्धार र शिक्षण पेशमा लागेका बौद्धिक व्यक्तित्व थिए । उहाँसित पनि भयवादको गुरू योजनाबारे छलफल भयो । साँझपख भाइ र म घर फि¥यौं । बहिनी सरीता हामीलाई कुरिरहेकी थिइन् । उनीहरूलाई अस्पताल जानु थियो । उनीहरूको सुखमय संसारको ज्योति भरखरै यो संसारमा आएको थियो र आमाबाबालाई पर्खेर अस्पतालमै बसेको थियो । २९ तारिख भाइले व्हाइट हाउस देखाउन लगे । हामी जाँदा सिमसिम पानी परेको थियो । व्हाइट हाउस शान्त थियो । बाहिर केही कुकुर लिएका सेक्रेट सर्भिसका सुरक्षा कर्मी र पर्यटकहरू मात्र थिए । त्यो साँझ घरमा फिरेपछि ज्योति कु. श्रेष्ठ र बासु श्रेष्ठलाई अन्तवार्ता दिएँ । ३० तारिख बिहान बहिनी सरीताले डिसीको डुलास एयरपोर्ट पु¥याइन् । मेरो अमेरिका यात्रा सफलतापूर्वक सम्पन्न भयो ।

मैले अमेरिका बसाईमा मानिसको व्यस्तता, जीवनलाई अगाडि बढाउने बाटाहरू, आपूmलाई प्रबद्र्धन गर्ने प्रविधि र सफलता देखें । छोटो बसाइ थियो धेरै दुःखहरू देख्न पाइनँ । सुखभित्र छोपिएका थुप्रै दुःख अवश्य थिए होलान् । मेरो मूल्याङ्गकनमा यात्रा सोचेभन्दा उपलब्धीमुलक रह्यो । मेरो उद्देश्य भयवाद फैलाउने र संसारमा स्थापित गर्ने हो । यसमा धेरै सफल भएको छु । भयवादबारेमा धेरैले सुनेका थिएनन, उनीहरूले सुने, नेपालबाट आविष्कार भएर विश्वतिर फैलिन्दै गरेको चाल पाए । यो वर्ष भयवादले प्राप्त गरेको ५ वटा अन्तराष्ट्रिय अवार्ड र भयवादमा आधारित भारत, आसाम निवासी रण काफ्लेको “भय” हिन्दी कविता संग्रहले भारतको विभिन्न राज्यबाट ४ वटा अवार्ड प्राप्त गरेको खुश खबर सुनाउन पाएँ ।

मैले यो अवसर पाउनु र भयवादलाई यो उचाइमा पु¥याउनुमा मेरो परिवार, नेपालका साहित्यकार, पत्रकार, भयवाद अध्ययन केन्द्र, भारतका नेपाली र गैर नेपाली साहित्यकार, हङकङका साहित्यकारहरूको अमूल्य सहयोग रहिआएको छ । भयवादलाई नेपाली डायास्पोराको यो उचाइमा पु¥याउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पनि ठूलो भूमिका रहेको छ । यहाँहरू सबैको अमूल्य सहयोगको लागि हार्दिक धन्यवाद व्यक्ति गर्न चाहन्छु ।

 

प्रतिक्रिया