शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:५३
वासिङटन डिसी 17:08

प्रहरीको नजर होटलतिरै

इनेप्लिज २०७२ मंसिर २५ गते २:०७ मा प्रकाशित

20140111382278-600x0लक्ष्मी काफ्ले

झापा, २५ मङ्सिर । बिर्तामोडमा नयाँ डीएसपी आउनासाथ होटलबाट यौनजोडी भटाभट पक्राउ पर्न थाल्छन् । तर, केही महिनामै त्यो क्रम बिस्तारै सेलाएर जान्छ । प्रहरीले सक्रियता देखाएपछि होटलमा यौनजन्य गतिबिधि घटेर गएको उनीहरु दावी गर्छन् ।

हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा खड्क खत्री डीएसपी छन् । केही दिनयता उनको टोलीले होटलबाट यौनजन्य गतिविधिमा सम्लग्नलाई धमाधम पक्राउ गरिरहेको छ । मानौँ प्रहरीको मुख्य काम होटलबाट यौनजोडी पक्राउ गर्नु हो । खत्रीभन्दा अगाडि इप्रका बिर्तामोडमा लगभग डेढ वर्ष बसेका डीएसपी सञ्जय राउतले पनि सुरुमा होटलतिरै कारवाही गरे । तर, तीन महिनापछि उनको त्यो रफ्तार क्रमशः सेलाउँदै गयो ।

नयाँ आउने डीएसपीसँग लेनदेन नमिलेपछि पक्राउ गर्न सुरु गर्ने होटल सञ्चालकहरुको तर्क छ । तर, प्रहरी भने होटलका यौनधन्दा निस्तेज पार्ने रणनीतिका साथ लागेको बताउँछ । प्रहरीको सक्रियताले निरन्तरता नपाउँदा बिर्तामोडका केही होटलमा यस्ता गतिविधि रोकिएको छैन ।

होटल व्यवसायीलाई आतङ्कित पार्न प्रहरीले यौनजोडी मात्र होईन, होटलमा खाजा खान आउनेलाई पनि पक्रिन्छ । यौनजोडी पक्राउ पर्न थालेपछि होटल सञ्चालकले प्रहरी अधिकारीलाई भेट्न थाल्छन् । प्रहरीसँग लेनदेन मिलेपछि भने यौनजोडी पक्राउ पर्न छोड्ने जानकारहरु बताउँछन् ।

इप्रका बिर्तामोडमा डीएसपी खत्री आएसँगै प्रहरीले होटलतिर छापा मार्न थाल्यो । खत्री तालिमका लागि केही दिन इटाली गएपनि भर्खरै आएका प्रहरी निरीक्षक जनार्दन घिमिरेको नजर होटलतिरै छ ।

यसैक्रममा घिमिरे नेतृत्वको टोलीले अघिल्लो साता बिर्तामोडबाट ५ जनालाई पक्राउ गर्यो ।  बिर्तामोडमा सञ्चालित भूमिका होटलकी सञ्चालिका आफैँ ग्राहकसँग यौन सम्वन्ध राख्दा राख्दै प्रहरीले भेटेको हो । उनीसँगै होटलमा रहेका अन्य महिला पनि पक्राउ परे ।

प्रतिक्रिया